फेरि ८४ मा चुनाव आउने हो – पारस भट्ट प्यासी

Image
Nisarga Hospital

स्वास्थ चौकिमा एम्बुलेन्स चुनावको बेला आउने हो !
गाउँमा खानेपानी , चुनावको बेला आउने हो!
बिजुली चुनावको बेला आउने हो!
बाटोघाटो, रोड चुनावको बेला आउने हो !
स्कुलहरुमा गुणस्तरीय शिक्षा
चुनावको बेला आउने हो!
सबै कुरा चुनावको बेला आउने हो!
फेरि ८४ मा चुनाव आउने हो —
भन त ए जनताहरु हो फेरि पनि इनै
लुटेराहरुलाई जिताउने हो?

CP Hospital Dhangadhi

—-
खेलाडीलाई दवाब हैन हौसला चाहिन्छ ए मूर्ख मनुष्यहरुहो देशका खम्बा हुन् युवा- युवाहरुलाई सोतन्त्र भएर खेल्न देउ -कुरा सुनिदेउ बुझिदेउ

हाम्रो गाउँ ठाउँमा भएका सानातिना खेल चौर ,मैदानमा बल खेल्न उचित थिएन भने बिषौँ बर्ष देखि किन खेल्दै आए ? पहिले नै खेल्न बन्चित गरिनु पर्थ्यो ,, सबैलाई थाहाछ हाम्रो गाउँ ठाउँमा खेल मैदान छैन् तर कसैलेपनि किन आवाज उठाएन किन खेल मैदान बनेनन् ? ए खनप्रतिनिधी हो ३० – ३२ लाखको चिया खाइदिन्छौ बर्ष दिन मै ३० – ३५ लाखको नास्ता खाइदिन्छौँ धन्य हो भगवान ,,!

भगवानको लिला अपरमपार छ
हाम्रा खनप्रतिनिधिहरुको भुँडी चाहिँ बनाएकै हो !
तर भगवान एउटा ठूलो गल्ती गरिदिनु भयो खनप्रतिनिधीहरुको भुँडी ठूलो बनाइदिनुँ भयो , आँखा फुटाइदिनु भयो –
अन्धा बनाइदिनु भयो —
झन हाम्रो ठाउँमा त आँखा फुटेकै खनप्रतिनिधिलाई
चुनाव जिताइ दिनुभयो–

पारस भट्ट प्यासी —