
हेरन साथी हेरन, साथी साइकल गयो गुडेर
भुनभुन भुनभुन गर्दै गर्दै, चरी आयो उडेर

रातो कलर लाएछन्, बा ‘ले कालो दारिमा
जाउन साथी घुम्नलाई , हजुर बा’को बारिमा
हिजो मात्रै पसलमा , आमासँग गएकी
हाम्रो साथी बिनिशा ,कत्ती राम्री भएकी
कत्ती राम्रो देखिन्छ ,तोरि फुल फुलेको
सेतो सेतो पुतली , फुलहरुमा डुलेको
पोखरिमा जमा हुन्छ, पानी बग्छ खोलामा
जतन गरि राख्नुपर्छ ,कापी कलम झोलामा
आयुश र सन्तोषले ,स्कुल ड्रेस लाउँदैन
निकता र बिनिता ,किन स्कुल आउँदैन्?
कापी भित्र राखेको ,मेरो कलम हरायो
रमेशले चोरेको , सरले उस्लाइ डरायो
गलत काम गर्यो भने ,गलत आउँछ नाम
राम्रो हौइन साथी हो , चोरी गर्ने काम
अ पछि आ हुन्छ ,आ पछि इ हुन्छ
जसले स्कुल पढ्दैन्, भबिस्यमा रुन्छ
अघि बढौँ हामी , ज्ञानको ज्योति लिएर
बस्नुपर्छ सबै हामि , एक आपसमा मिलेर
पारस भट्ट “प्यासी”
सुदुरपश्चिम बैतडी




























