लक्ष्मीदत्त भट्टका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

अवस्था छ जस्तो उसै काम राेज्ने
बगाई पसीना मिठो माम राेज्ने
सदा साथ बस्ने यहाँ थात डेरा
उषाले चुमेकाे सुखी ठाम राेज्ने
हिमाली पहाडी मधेसी सबैले
मिलेरै त आफ्नाे यहाँ नाम राेज्ने
यहाँ दर्द पीडा सबै साथ बाड्दै
सदा हर्ष उल्लासकाे दाम राेज्ने
मनोभावना त्यो सबैको बुझेरै
यहाँ प्रेम राख्ने नया खाम राेज्ने
हु यात्री धराका सबै साथ हिन्दै
छहारी बनै काे यतै साम राेज्ने
छ पानी पधेराे चरा काे छ बाेली
जता शान्ति हाेला तेतै धाम राेज्ने
जगाएर आशा सबै साथ लक्ष्मी
बशन्ती छटाकाे यतै याम राेज्ने

CP Hospital Dhangadhi

॥१॥

न हेर लोभले तिमी नजर् छ रोषमा यहाँ
न भेट मालती तिमी पहर् छ दोषमा यहाँ
nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
भुली दिने अतीतका सुभास साथ जो थिए
छ गाम नै मनोरमा रहर् छ जोषमा यहाँ
न देखिने सुभासिला दिलै गडेर सौच्दछौ
सु सभ्यता हराउने कहर् छ होषमा यहाँ
सजाउने कथै कथा बिभोर गीत काब्यका
बनाइ द्यौ सधै तिमी बहर् छ घेाषमा यहाँ
मिलेर साथमा तिमी सुभास गाथमा सधै
सुकाउ भानुले सधै शहर् छ ओषमा यहाँ
॥२॥
आफन्तकाे साथ लिएर बाँचाै
याे प्रेमकाे याद दिएर बाँचाै
आमा बुवाकाे सतमार्ग हिन्दै
प्याला अमृतै त पिएर बाँचाै
आफ्ना भुलेका पनि आज हामी
हाम्राे पनै यो त सिएर बाँचाै
आफ्नो त को हो भनी आज खाेज्दा
संस्कारमा आफु खिएर बाँचाै
भन्थे र बाजे सुन बाबु अर्ती
आफ्नाहरु साथ जिएर बाँचाै

॥३॥

चल्दैन जिन्दगानी धाता भनेर रुन्छौ
मातृत्व नै हरायो माँता भनेर रुन्छौ
विश्वास छैन ऐले स्वार्थी भयो जमाना
खोक्रो छ भित्र आत्मा गाथा भनेर रुन्छौ
पैसा हुदा हितैषी खस्क्यो भने अवस्था
एकान्त बस्नु पर्ने नाता भनेर रुन्छौ
आषा दिएर पैले विस्वास घात गर्ने
यस्तो समाज लाई दाता भनेर रुन्छौ
उस्तै त हो नि मान्छे आर्दश खेति गर्ने
बन्धन मात्र बाकी खाता भनेर रुन्छाै
यो लोकमा उधारो चल्दैन काहीं साथी
भित्री छ पेज खाली गाता भनेर रुन्छौ
खाटा दुखेर पीडा होला नि रात पर्दा
देख्दैन आशु आखा पाता भनेर रुन्छौ
गर्मी छ आज धेरै पानी म खाेज्छु भन्दै
मिलदैन काहीं छाया छाता भनेर रुन्छौ

॥४॥

अवस्था छ आफ्नाे उसै काम राेज्ने
बगाई पसीना मिठो माम राेज्ने
सदा गाउँ बस्ने सबै साथ आफ्नो
उषाले चुमेकाे सुखी ठाम राेज्ने
हिमाली पहाडी मधेसी सबैले
मिलेरै त आफ्नाे यहाँ नाम राेज्ने
यहाँ दर्द पीडा सबै साथ बाड्दै
सदा हर्ष उल्लासकाे दाम राेज्ने
मनोभावना त्यो सबैको बुझेरै
यहाँ प्रेम राख्ने नया खाम राेज्ने
हु यात्री धराका सबै साथ हिन्दै
छहारी बनैकाे यतै साम राेज्ने
छ पानी पधेराे चरा काे छ बाेली
जता शान्ति हाेला तेतै धाम राेज्ने
जगाएर आशा सबै साथ लक्ष्मी
बशन्ती छटाकाे यतै याम राेज्ने
लक्ष्मी दत्त भट्ट
Dhnagadhi & Krishanapur