झ्याउरे छन्दमा कविता – धर्ती हो जननी

Image
Nisarga Hospital

पाइन्छ खान, हे मेरो साथी,खेतबारी खनी
मान्छेको प्राण, बचाई राख्ने, धर्तीहो जननी
यो हाम्रो पेट माग्दछ भात उब्जाउ धानबाली
कसैले पनि, नराखौँ बाँजो,खेतबारी आलि

CP Hospital Dhangadhi

गरेर खाउ ,पर्दैन हिड्न, दुखको बाटोमा
संघर्ष गरौँ, पसिना पोखौँ, नेपाली माटोमा
मातृत्व भासा, रहुनु पर्छ, नेपाली भेषमा
पर्दैन जान, एकगाँस खान, अरुको देशमा

गलत ठाउँ, गलत बाटो, कहिले नजानु
सत्कर्म गर्नु, दुख नि सहनु, लुटेर नखानु
यो कुरा जान ,मिल्दैन खान, डुलेर घुमेर
छुप्पुमा छुप्पु, रोपौँहै धान, खेतमा झुमेर

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

नखाउ चोरी, नखाउ ठगी,सत्य गरौँ कुरा
समाउ हलो, समाउ कुटो, चलाउ पाखुरा
गरेर हेरौँ, धर्ती मै सुन ,कसो न फल्लानी
लगाउ सबै, तन रे मन, कृषिमा लगानी

लाउन खान, हुदैन कमि, कसैको घरमा
मेहनत गरे, पर्दैन बाच्न, कसैको भरमा
कृपा छ तिम्रो नत छु नाङ्गो नत म भोक छ
हे धर्ती माता, बचाई राख्नु, प्रणाम ढोग छ!

पारस भट्ट “प्यासी” मेलौली दुई
“सुन्दरभुमी” सेलि सुदुरपश्चिम् बैतडी

Dhnagadhi & Krishanapur