
न हाँसो आउँछ न कहिले खुसियाली छाउँछ
बस मेरो देशमा बाढी आउँछ पहिरो आउँछ

बर्सेनी यस्ता दुःखद घटनाहरु घटेको देख्दा
रुँदै रुँदै वनको चरीले पनि बिरह गाउँछ
कठै कस्तो अभागी रहेछौ हामी नेपालीहरु
दिनहुँ दुःखद कुरा सुनेर देखेर रुन मन लाउँछ




हजारौँ सपनाहरू पहिरोले नै च्यापिदिन्छ,
मान्छेको जिन्दगी नदिले , खोलाले बगाउँछ
लाखौं यात्रुहरू बाटोमै अलपत्र परिरहेकाछन्
घरमै बसौँ कहीँ नजाउँ बेरोजगारीले सताउँछ
वर्षायाममा कयौं बस्तीहरू डुवानमा पर्छन्
कसैले छोरा गुमाउँछ कसैले बुबा गुमाउँछ
समाचार आउँछ जनतालाई दुःख, पीडा परेको
पीडितले नत कुनै राहत नत सहयोग पाउँछ
पिर पर्ने दुःख पर्ने आखिर जनताहरूलाई न हो,
नेताहरूले त यहाँ खाएर बसेरै भुँडी बजाउँछ!
न बाटो सही छन् न त पुल नै सही छन् यो देशमा
नेताको काम देख्दा लाजले पनि लाजै पचाउँछ
पारस भट्ट प्यासी-
सुदुरपश्चिम बैतडी
































