आज भानुजयन्ती, नेपाली भाषाका आदिकविको जन्मदिन बिबिध कार्यक्रम गरी २११ औँ भानुजयन्ती मनाइँदै

Image
Nisarga Hospital

असार २९ अर्थात् भानुजयन्ती, नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मदिन। नेपाल तथा नेपालीभाषी रहेका विश्वका विभिभन्न देशमा विविध कार्यक्रम गरी शनिबार २११औँ भानुजयन्ती मनाइँँदै छ।

CP Hospital Dhangadhi

आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते भएको हो। धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए।

भानुभक्तले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए। भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरेका थिए। रामायणलगायत भक्तमाला, प्रश्नोत्तर, वधुशिक्षा र रामगीता लगायत उनका थुप्रै फुटकर रचना नेपालीभाषीमाझ लोकप्रिय छन्। उनको निधन १९२५ मा भएको थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

भानुजयन्तीको अवसरमा काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानलगायत स्वदेश र विदेशमा रहेका विभिन्न संघसंस्थाले कार्यक्रम गर्दैछन्। विद्यालय तथा विश्वविद्यालयमा पनि भानुभक्तका रचना पाठ गरिँदैछ। विभिन्न संस्थाले भानुको रचनावाचन प्रतियोगिता नै चलाएका छन्। नेपाललगायत भारतमा नेपालीभाषीको बहुलता रहेका क्षेत्रमा भानुजयन्ती विशेष कार्यक्रम गरी मनाइन्छ। थाहाख बर बाट

Dhnagadhi & Krishanapur