कुशलनाथ योगीको कविता : आदिकवि भानुभक्त

Image
Nisarga Hospital

रम्घा गाउँ प्रसिद्ध भो तनहुँ हो,जिल्ला जहाँ जन्मिए
राम्रो चिन्तनशक्ति बुद्धि अति नै, जिज्ञासु धेरै थिए
साच्चै जन्म दिने धनञ्जय पिता,धर्मावती मातृ हुन्
बाजे नै गुरु मार्गदर्शक तिनै, श्रीकृष्ण आचार्य हुन्

CP Hospital Dhangadhi

घाँसीबाट प्रसिद्ध बन्न सजिलै, धेरै मिल्यो हौसला
गर्थे रे चिनजान मिष्ट कविता, बोली अनौठो कला
नाँच्दा गाउन बात गर्न कविता, झन् रच्दथे छन्दमा
जो सत्कर्म र सत्य चिन्तन गरी, प्यारो बने लोकमा

झेल्दै दुःखहरू प्रचारक बने, आदर्श ती रामका
साह्रै नै सुप्रसिद्ध छन् असल छन्,जो कामका नामका
प्यारो रामकथा बनेर सजिलो,आचार्यको कारण
नेपालीपनमा हरेक घरमा, गुन्जिन्छ रामायण

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

भाषा संस्कृति धर्म दर्शन सँगै, बोकेर प्रश्नोत्तर
झन् कर्तव्य र देशप्रेम कृतिमा, शिक्षा वधू खातिर
धेरै नै प्रिय सिर्जना विविध छन्, जो रामगीता अनि
नामी धेर बने गरेर रचना, त्यो भक्तमाला पनि

ठूला पूज्य बने विभूति मनमा, छन् भानु झैं भानु ती
हाम्रा आदरणीय आदिकवि हुन्, गर्छौं सधैं आरती
ज्यादै योग्य छ योगदान उनको, साहित्यका खातिर
बाँच्नेछन् नमरी युगौँ अमर भै, संसारमै आखिर

छन्द: शार्दूलविक्रीडित
✍️ कुशल नाथ योगी
कालिकोट

Dhnagadhi & Krishanapur