
मानिस भन्दा बरू सम्मानित् यी पत्थर हुन्छन्,
कताकति उनैको बासस्थान सुनका घर हुन्छन्।
जसले तरास्यो ढुङ्गा र बनायो आकार मूर्तिको,
दुनियामा उनिरू नै वेघर हुन्छन् वेकदर हुन्छन्।
दुःख लाग्छ मानिसले आफुलाई चिन्न नसक्दा,
सँगसँगै चियान बनेका उनिहरूका रहर हुन्छन्।
आगो सबथोक नष्ट गर्छ तर आगोलाई पानी ले,
कम न आँक उसैले बनाएको याहाँ बगर हुन्छन्।
सरकार बदलेर मात्र केही हुनेवाला छैन देशमा,
जब देश शुरक्षित हुन्छ र तव आत्मनिर्भर हुन्छ।
विदेशीहरूले यो देशलाई घेरेको देख्छु सधैभरी,
जति बिरोध गरेपनि हामिले किन वेअसर हुन्छन्।

॥१॥
जब सम्म देशभक्त र देशको बफादार हुँदैन,
त्यो वेला सम्म जुन आएपनि सरकार हुँदैन।
आफुले त आफैलाई अब्बल भन्छन् सबैले,
देशमै जन्मिएर मात्र देशका कर्णधार हुँदैन।
मानिसले पनि किन चमत्कार खोज्छ सधै,
फुकेर ढाल्ने फाटे टाल्ने कुनै औतार हुँदैन।
भन्छन् देशमा अचेल समाजवाद नै आयो,
सरकारमा हुन्छ उस्को राम्रो व्यबहार हुँदैन।
यो देश छिमेकी सँग व्यापार हुन्छ महंगो,
देशको हितमा कहिल्यै पनि व्यापार हुँदैन।




॥२॥
भानुभक्त सँग पनि त प्रतिभाको रास थियो,
मोतिराम भट्टको दृष्टी उनैमाथि खास थियो।
घाँसी सँग पनि लिएका थिए उनैले प्ररेणा,
बाजे श्रीकृष्णको आसिर्वाद पनि पास थियो।
भानुभक्त थिए प्रतिभाका धानि साधक उस्तै,
मोतीराम भट्टकै उपाधिमा पनि सहास थियो।
आदि कवि बनाए उनैले प्रसिद्ध भए संसारमै,
केही वर्ष अयोद्धामा पनि उनैको बास थियो।
भानुभक्त बालमिकी रामाण उनुबादक हुँदा,
गरेनन् घमण्ड कहले बोलिमा मिठास थियो।
यि राष्ट्रका हुन विभूती जोगाई राखौँ हामि ले,
उनैका बिचारहरूमा एकताकै आभास थियो।
॥३॥

































