
मुक्तक
जो छ सक्तिशाली उसैको किन मनोमानी हुन्छ
सबैसँग मीठो बोलौँ रिसले आफैलाई हानी हुन्छ
आखिर मान्छे पनि सकिने नै हो जानी राखौँ
दाउरा पनि जति जल्छ त्यति चाँडै खरानी हुन्छ

मुक्तक -२
धेरै कम छन सत्य काममा अघि सर्नेहरु यहाँ
कम छैनन् एक अर्काको पछिपछि पर्नेहरु यहाँ
हेर्दै जाउ जिउँदै जलेर एकदिन खरानी हुनेछन् ,
बिना कसुर सित्तैमा म देखि आरिस गर्नेहरू यहाँ!
पारस भट्ट प्यासी —
सुदुरपश्चिम बैतडी





































