कविता – प्रेम

Image
Nisarga Hospital
केही प्रेम बिहानको छ पलको संस्कारको हुन्छ रे ।
CP Hospital Dhangadhi
केही प्रेम हिमालको र वनको जीवात्मको हुन्छ रे ।।
केही प्रेम नदी र ताल छहरा यो धर्तिको हुन्छ रे ।
nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
केही प्रेम धरा सदै पवनमा शौन्दर्यकै हुन्छ रे ।।
(१)
केही प्रेम सुयोग्य यो कुशुमको बैसाखको हुन्छ रे ।
केही प्रेम छ यो शिला शिखरको पूर्बज कै हुन्छ रे ।।
केही प्रेम उषा छ काल जगमा श्रीभानु कै हुन्छ रे ।
सारै प्रेम सबै मनुश्यहरुमा आफ्न्त कै हुन्छ रे ।।
(२)
केही प्रेम शशी सदा पुनमको त्यो रातको हुन्छ रे ।
केही प्रेम सगै बसेर जगमा त्यो साथकोे हुन्छ रे ।।
केही प्रेम सदा मनै हरि लिने त्यो प्यारको हुन्छ रे ।
सारै प्रेम सदा यसै जगतमा यो प्राण कैे हुन्छ रे ।।
(३)
केही प्रेम छ यो मुना जगतको त्यो कोपिला फूल रे ।
केही प्रेम छ यो समस्थ जनको प्रेमीहरु हुन्छ रे ।।
केही प्रेम सदा छ जन्म घरको त्यो जन्मभूमी सदा ।
सारै प्रेम हुने छ कर्म घरको जो कर्म गर्थे सदा ।।

लक्ष्मी दत्त भट्ट 

Dhnagadhi & Krishanapur