सुरेशकुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

जब हाम्रो देशमा जताततै अनिकाल हुन्छ,
नेताहरूको बिचमा त्यही वेला बबाल हुन्छ।
नेता सत्ता भत्ताकै लागि झोला बोक्ने हुँदा,
कुर्चि तानातानको खेल प्रत्येक साल हुन्छ।
अब यो देशमा गणतन्त्रले पुराएन फाइदा,
किन की लोभि नेता विदेशीको ढाल हुन्छ।
त्यही वेला भन्सारले मोबाइल जफत गर्यो,
जुनवेला सुन भित्रेकै खबरमा उछाल हुन्छ।
यो त जस्को लाठी उसैको भैंशी भयो की,
अपराधी मालामाल हुन्छ देश कङ्गाल हुन्छ।
हाम्रो छिमेकीले मौका ढुकेर बसेको थियो,
उस्को हातमा नाकाबन्दिको सञ्जाल हुन्छ।

CP Hospital Dhangadhi

॥१॥

त्यही हो जो हिजो घोर प्रतिगामी थियो,
त्यसको बिरूद्धमा शङ्घर्ष नामी थियो।
आफुलाई हेर्दा झसिङ्ग भयौँ आइनामा,
भन्छ आज म भन्दा त उहि दामी थियो।
थाहा छ भनाई र गराईमा त फरक हुन्छ,
आफै बोक्सी थियो र आफै धामी थियो।
ऊ जो सँग मिलेर प्रतिगामि खेल खेल्दैछ,
हिँजो एक नम्बरको त्यही हरामि थियो।
केहि पनि होइन जनतालाई बनाए उल्लु,
पुर्नजिवित गराउँने हिंजो मलामी थियो।
उखान टुक्का भन्ने हुन सङ्घीयतामै रम्ने,
हो आकास तर्फ थुक्नु नै बद्नामि थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

॥२॥

केभनौँ सरकारमा पुग्छन् काला बजारी हुरू,
कस्ता होलान देशभित्र हाम्रा अधिकारी हरू।
यो देश अपराधीको आसियाना बन्न थाल्यो,
किन घुस नखाउँन मौका पाए कर्मचारी हरू।
ज-जसलाई जेल जानुपर्ने उनि सिखरमा पुगे,
फुरूक्क हुनेगर्छन् अपराधका व्यापारी हरू।
देख्छु असपत्ताल पनि छ उनैको नियन्तर्णमा,
तड्पिएका हुन्छन् उपचार विना बिमारी हरू।
अब साहित एउटा गोली मलाई पनि खर्चेला,
खुलेआम हिंडिरहेको देख्छु बन्दुक धारी हरू।
युवा बिनाको देश भ्रष्टाचारको अखाडा बन्यो,
कसरी लडौँ हामि बुढा बुढी असाय नारी हरू।

॥३॥

आफ्नो त्यस्तो ढङ्ग छैन पुग्दैन रहर भएर मात्र,
पौडिन कोसक्छ पानी बिनाको बगर भएर मात्र।
ऊ सधैँ सितल्ताको उपहास गर्छ म घामको गर्छु,
कहाँ मित्रता हुन्थ्यो शङ्घर्षको सफर भएर मात्र।
पानी त परेकै छ असार साहुन बनेर आखा भरी,
खुट्टा लाग्दैन पुगेन यो हिंड्ने अब्सर भएर मात्र।
देश सबैले हाँक्छु भन्छन् कता हाँक्छन् केथाहा,
आफै भोका केपुग्थ्यो रेमिटेन्स र कर भएर मात्र।
आर्कालाई आलोचना गर्न जति सजिलो हुन्छ नी,
कहाँ हुन्छ सधैँ आफ्नो मनको परपर भएर मात्र।
देश चल्छ अनि बिलियो पनि हुन्छ हाम्रै एकताले,
डर नेतालाई जनतालाई र नेताको भर भएर मात्र।

॥४॥

देश हितमा र जनहितमा सरकार हुनुपर्छ,
अभिभावक झैँ जनतामा व्यबहार हुनुपर्छ।
यो देश जनताको र हामी जनता देशका हौँ,
त्यसैले त नेता देशभक्त र बफादार हुनुपर्छ।
अपहेलित हुन्छन् विदेश स्थित नेपाली सधैँ,
उनिहरूको रेखदेख समेत लगातार हुनुपर्छ।
कालो गयो गोरो आयो सरकारमा देखेकैहौँ,
देशमै युवालाई रोजगारको आधार हुनुपर्छ।
तमाशा नगरौँ भैगो सत्ता र भत्तामा रमाउँने,
तिमी नेताहरूको एकदिन उपचार हुनुपर्छ।
श्रमजिविहरू तिमी हामि मलेर शङ्घर्ष गरौँ,
साँच्चै भन्दा पौरखीको नै यो संसार हुनुपर्छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८

Dhnagadhi & Krishanapur