
सैलोडामा भट्ट बस्ने तेतै मेराे नाम भेटे
सधै भरी न्यानो अनि शितल दिने घाम भेटे
जीवन बाच्न गारो छैन सत्यतामा हिडे पछि
संस्कारले भरीएका देव देउता धाम भेटे
दाजु भाइ माता पिता गाउँघरमा बस्नेहरु
बिहान देखि साझ सम्म सधैभरी काम भेटे
सैलाेडा र कनिनामा भट्ट जाती बस्ने ठाउँ
धनी गरीब साथ बस्ने रावण अनि राम भेटे
भेट भयाे दाजु–भाइ गाँउले र साथीहरु
महाकाली संगम जस्तै रमाईलो ठाम भेटे
मेला जात्रा पुजा आजा संस्कारका फाटहरु
सेलरोटी खिर अनि दुध दहीको माम भेटे
छिया छिया भयो अचेल कलेजो र मुटु पनि
क्षितिज चुम्न लाई खोज्दा डाडा पारी दाम भेटे
ज्याेतिष थिए पुर्खाहरु पुराेहितकाे काम गर्ने
पुर्खाहरुकाे हस्तलिपी पुस्तक अनि खाम भेटे

॥१॥
दिन अनि रातकाे रहर अर्कै हुन्छ
दुख र शुखकाे कहर अर्कै हुन्छ
जति चोखो माया प्रिर्ती पाए पछि
प्रियसी काे बस्ने सहर अर्कै हुन्छ
प्रेमिलाई दिलमा राखी हरेक क्षण,
सधै संम्झी राख्ने पहर अर्कै हुन्छ
माम,दाम ,काम काे निम्ती हिडे पनि
सधै आँखाबाट बग्ने नहर अर्कै हुन्छ
झुटो अनि स्वार्थीकाे चङ्गुलमा फसे
घृणित बनी पिउने जहर अर्कै हुन्छ
बालापन जवानी र आएपछि बृद्धअबश्था
समयकाे बेग संगै चल्ने लहर अर्कै हुन्छ
रीत नै यस्तै रैछ संसारकाे हजुर
गीत तथा गजलकाे बहर अर्कै हुन्छ




लक्ष्मीदत्त भट्ट
धनगढी, कैलाली
































