हुनैनाथ मन्दिरमा हरेलाे पर्व उत्सव

Image
Nisarga Hospital

दार्चुला जिल्लाकाे मालिकार्जुन गाउँपालिका हुनैनाथ वडा नम्बर – ४ औतालेकमा अवस्थित हुनैनाथ मन्दिर र हुनैनाथ बाँजस्थान मन्दिरमा प्रत्येक वर्ष साउन १४ र १५ गते हरेलो पर्व मनाउने गरिन्छ । तर याे वर्ष भने भाेलि साउन १३ र १४ गते हरेलाेकाे सायत जुरेकाे मन्दिरका पुजारी तथा कारिन्दा बताउनु हुन्छ । हरेलाेकाे बारेमा लेख्दैगर्दा यसकाे शाब्दिक अर्थ पनि उल्लेखगर्नु सान्दर्भिक हुन्छ । हरेलाेकाे शाब्दिक अर्थ ‘मगरात राजा बलिहाङ वा राजा बलिकाे सम्झनामा गरिने पूजा अथवा वा असार मसान्त र साउने सङ्क्रान्तिकाे प्रभातकालीन समयमा गरिने पूजा’ भन्ने हुन्छ । श्रावण महिनामा सबै देवताहरू सामुहिक रुपमा मनाेरञ्जन गर्न तथा खेल खेल्न कैलाश धाम जाने गर्दछन् भन्ने जनविश्वास रहेकाे छ । याे श्रावण – १ गते देखि श्रावण मसान्त सम्मकाे अवधि मानिन्छ ।

CP Hospital Dhangadhi

याे समयमा देवगणहरूकाे अनुपस्थितिमा अन्य दुष्ट शक्तिबाट अनिष्ट नहाेस भन्नका लागि र देवताहरूकाे खेलमा विजय हासिल भएमा आम जनमानसमा अमन चयन हुने, सुख शान्ति हुने भएकाेले देवताहरूकाे विजयकाे कामना सहित उक्त अवधिमा मठ, मन्दिर, देवालयहरूमा श्रद्धा भक्ति पूर्वक भक्तजनहरू अषाढ -१५ काे दही चिउरा खाएर साेही दिनदेखि नित्य स्नान गरेर चाेखाेभाेकाे (माछा, मासु, प्याज, लसुन, मसुर लगायतका तामसी भाेजन बर्जित) भई श्रावण -१ गतेदेखि श्रावण -१५ गते सम्म पूजापाठ गर्ने, धूपदीप प्रज्वलन तथा काेहि भक्तजनहरू औराद बसि भजन किर्तन समेत गर्ने गर्दछन् । याे अवधिमा मन्दिरमा देवताहरूकाे बास नहुने भएकाेले घरमा दुष्ट शक्तिकाे प्रवेश नहाेस तथा कुनै अनिष्ट नहाेस भनी अषाढ मसान्तका दिन घरका झ्यालढाेकाहरूकाे माथि झिझिरकाणी ( काँडा भएकाे बिरुवा) राख्ने चलन रहेकाे छ । पहाडतिर बुढापाका तथा अभिभावकहरूले सिकाएका गितकाे एक हरफ यस प्रकार छ : “झ्याल झिझिरकाणी, म्वाल झिझिरकाणी कै बाटाे जाउँ ! गाेठबाट जाउँ त गाेरु सिङ्गे छ !! झ्याल झिझिरकाणी, म्वाल झिझिरकाणी कै बाटाे जाउँ” !!

हरेलो पर्वको अवसरमा मन्दिरमा गाईको घिउ, दुध, सँगै कर्कला (पिँडालु) को गाभा र नयाँ मकै चढाउने प्रचलन रहेको छ । साथै हरेलाे पर्वमा मन्दिरमा प्रसादकाे रुपमा गाईकाे दूध, घिउ, गुड हालेर स्वादिष्ट खीर पकाएर खाने चलन रहेकाे छ । असारको अन्तिम सातादेखि चोखो भोको रहेर साउन -१ गते देखि दैनिक हुनैनाथ लगायतका मन्दिरमा पूजापाठ गरि हरेलो पर्व मनाउने परम्परा रहेको छ । मन्दिरमा गाईको घिउ, दुध चढाए गोरसपात हुने, नयाँ मकैबाली मन्दिरमा चढाए विभिन्न जंगली जनावरबाट बच्ने धार्मिक विश्वास रहिआएको छ । हरेलाे पर्वकाे आकर्षणकाे रुपमा पिङ (हिङलाे) खेल्नु, नरनारीहरू ठाडाेखेल, डेउडा खेल खेल्ने, ब्रह्मणहरूद्वारा आफ्नाे भाकल स्वरुप पाठ गराउने आदि प्रमुख आकर्षणकाे रुपमा रहेकाे छ ।

प्रत्येक वर्ष श्रावण -१ गतेदेखि हुन‌ैनाथका मन्दिर तथा देवालयहरूमा भक्तजनहरू उपवास बसि गच्छे अनुसार ५, १०, १५ दिनसम्म एकछाक खाई शुद्ध तनमन वचनले विभिन्न देवकार्यहरू गरि भक्तिभाव गर्ने गर्दछन् । श्रावण १४ र १५ गते दुईदिन सबै भक्तजनहरू, गाउँका मानिसहरू मन्दिरमा गाईकाे दूध, चामल, घिउ, पिंडालुका गाभा चढाएर भक्तजनहरू मन्दिरमै खीर पकाएर खाने गर्दछन् । उक्त बचेकाे खीर र गाभा प्रसादकाे रुपमा घरमा लग्ने गरिन्छ । उक्त दुईदिनकाे यस पर्वलाई हरेलाे पर्व भनिन्छ । हरेलाे पर्वमा मन्दिरका कारिन्दाहरू पुजारीले वेदपाठ गर्ने, भणरे, पतरे, भाेकरिया लगायतका सबैले आ-आफ्नाे भूमिका निर्वाह गर्दछन् । यसरी श्रावण महिनाभरि चाेखाेभाेकाेभई पूजापाठ गरेमा आत्मसन्तुष्टी हुने, खाली पेटभई नयाँ ऊर्जा प्राप्तहुने तथा विभिन्न राेगबाट उन्मुक्ति पाइन्छ भन्ने जनविश्वास रहिआएको छ ।

म औल्लेकी र मेरा इष्टदेव हुनैनाथ भएकाले मैले हरेलाे पर्वकाे बारेमा वर्णन गर्दा हुनैनाथ मन्दिर, देवालय भनेर उल्लेख गरेपनि दार्चुला जिल्लाका प्राय: सबै मठ मन्दिर, देवालयहरू मालिकार्जुन, लटिनाथ, गलबाब, लटिनाथ लगायतका सबै मन्दिर तथा सबै ठाउँमा भक्तिभाव पूर्वक हरेलाे पर्व धुमधाम पूर्वक मनाइन्छ । दार्चुला बाहेकका अन्यत्र ठाउँहरूमा पनि श्रावण -१५ गते खीर खाने दिनकाे रुपमा मनाइन्छ । हामी दार्चुलेलीहरूले हरेलाे पर्वकाे रुपमा मनाए पनि खीर खाने दिनकाे रुपमा सबै ठाउँमा देशैभर मनाइन्छ । याे पर्वलाई नेपाल सरकारका तर्फबाट आधिकारिक रुपमा नै हरेलाे पर्व भनेर घाेषणा गरेकाे भए अझ सुनमा सुगन्ध जस्तै हुने थियाे र हाम्राे संस्कृतिकाे जगेर्नामा थप टेवा पुग्ने कुरालाई नकार्न सकिँदैन ।

फेसबुक, व्हाट्सएप, ट्वीटर लगायतका सामाजिक सञ्जालमा खीर लगायतका विभिन्न परिकारहरू पाेष्ट तथा सेयर गर्दा हाम्राे संस्कृतिकाे जगेर्ना नहुने बरु ह्रासहुने मेराे बुझाई रहेकाे छ । मेराे तर्फबाट पनि सबैमा हरेलाे पर्व तथा खीर खाने दिनकाे शुभकामना व्यक्त गर्दछु । जय हुनैनाथ स्वामी ! हुनैनाथ स्वामीले हामी सबैकाे कल्याण गरून !!

यस लेखमा मैले माधव अवस्थी सरकाे टिप्पणीलाई उहाँकै शब्दमा जस्ताकाे तस्तै संप्रेषण गर्ने अनुमति माग्दछु । उहाँक‌‌ै शब्दमा “जानकारीको लागि धन्यवाद सर । हजुरको जस्तै हाम्रोतिर भदौ १ गतेका दिन मकै र पिडालुका गाभा मन्दिरमा चढाएर नयाँ अन्न खाने चलन छ । दिउँसो सबै गाउँले (बुढा बुढी,युवा युवती र बालबालिकाहरु) धामी घरको आगनमा बाजागाजा सहित जाने गर्छ्न र त्यहा धम्यौली हुन्छ र धामीहरुले काम्दै साउन महिना भरिमा कैलास धाममा भएका सम्पुर्ण गतिविधिको बर्णन गर्दै यो वर्षमा राम्रो या अनिस्ट के हुने भनी जानकारी गराउदै उपस्थित सम्पुर्णमा प्रसाद स्वरुप टीका अक्षेता लगाईदिन्छ्न र त्यसपछी देउडा र सरौल नाचका साथ रमाईलो गरिन्छ । यस पर्वलाई हाम्रो तिर दम्फा भनिन्छ । यस पर्वको बारेमा थप जानकारी सहित हजुरको कलम चल्ने अपेक्षा गरेको छु ।

धन्यवाद” ।
मान सिंह धामी (भाैनबाटी)
मालिकार्जुन गाउँपालिका हुनैनाथ – ४ गाेठ्युडी (काेटबुङा), दार्चुला
स्राेत सामग्री :
जाेशी, आचार्य सुदर्शन (…) वेद परिचय, …
धामी, राजेन्द्र र धामी, दामाेदर सिंह (२०७८), आराध्यदेव हुनैनाथकाे महिमा तथा औल्लेकी धामीहरूकाे वंशावली, वीर वेतालेश्वर छापाखाना तथा कपि उद्याेग, गाेकुलेश्वर, दार्चुला ।