सुरेश कुमारका उत्कृष्ठ केही गजलहरु

Image
Nisarga Hospital

मलाई पगाल्न भनेरनै ऊ तरल हुँदो रहिछ,
मेरो एउटै कुराले त्यहाँ हलचल हुँदो रहिछ।
मलाई केथाहा आफ्नै धुनमा थिएँ त्यो बेला,
मेरै सामुन्य मै माथि नै ठुलो छल हुँदो रहिछ।
ऊ रोएको अभिनय गर्यो भाबुक भए साथि,
तर भित्रभित्रै ऊ खुसिले गलगल हुँदो रहिछ।
कविले त्यसै लेख्न थाल्यो उस्को मेरो कथा,
सुनायो ऊ लयबद्ध मिठो गजल हुँदो रहिछ।
मन्त्रीहरू छलफल गर्दै थिए कमिसन बारेमा,
नमिलेर नै आपसमा फुट्ने अटल हुँदो रहिछ।
हामिलाई केथाहा अन्धाहरूको रहेछ बस्ति,
बुझ्दैन बोल्दैन त्यो मात्र अब्बल हुँदो रहिछ।

CP Hospital Dhangadhi

॥१॥

कस्तो देश हो विज्ञानिककै पनि कदर हुँदैन,
सन्तान् कुनकुन देशमा छन् त्यो खबर हुँदैन।
न बाटो ठिक छ नत वहान ठिक छन् देशमा,
सुरक्षित त हाम्रो देशको कहिल्यै सगर हुँदैन।
जानुपर्छ कामखोज्न खाडि मुलुकहरू हामि,
कसैलाई पनि आफ्नो देश छाड्ने रहर हुँदैन।
जसले बनाए अरूको लागि महल शिशाको,
उनैका बाल बालिका ओट लाग्ने घर हुँदैन।
जुन सरकार आएपनि वे लगाम हुन्छ देशमा,
सरकारलाई कहिल्यै कसैको पनि डर हुँदैन।
साथि मौसम यस्तै छ सम्लिएर हिँड्नु होला,
खोला उर्लिन्छ कहाँ पहिरो जान्छ भर हुँदैन।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

॥२॥

किन समस्या समाधान हुन्न बिक्राल हुन्छ,
उम्किनै गारो जता हेर्यो उतै जन्जाल हुन्छ।
मित्र शिसाको महलका कुरा गर्छौ तिमीले,
गरिबको लागि शिसमहल नै त्रिपाल हुन्छ।
दुःख केहो सोध जसले गिट्टी कुटेर पाल्यो,
अड्कलेर पराण धान्ने चामल र दाल हुन्छ।
घरमा रोएका हुन्छन् भोकले छोरा र छोरी,
आमाको अगाडी रित्तै कसौँडी थाल हुन्छ।
हेरौँ त गरिबको बस्ती उनैलाई बाढि पहिरो,
उनैको घरमा रूवाबास प्रत्येक साल हुन्छ।
तिमीले गर्छौ पाप धर्म र स्वर्ग नर्कका कुरा,
भ्रष्टाचारिहरूको धेरै राम्रो .हालचाल हुन्छ।

॥३॥

सबैमा हुन्छ प्रतिभा खोज्ने रहर हुनुपर्छ,
प्रतिभाको बारेमा सबैलाई खबर हुनुपर्छ।
कोही हात्तिमा चढ्यो भन्दैमा धुरी नचडौँ,
आउँने समस्याकै बारेमा पनि डर हुनुपर्छ।
गहुँथली पनि सुन्दर घर बनाउँछ आफ्नो,
मानिसमा इख सँगै आफ्नो डगर हुनुपर्छ।
देशका होनहार प्रतिभाहरू आए सडकमै,
ज्ञान विज्ञानको देशमा सधैँ कदर हुनुपर्छ।
सरकार दुर्घट्ना हुन्छ देश असुरक्षित भयो,
नागरिकको सुरक्षा गर्ने समेत कर हुनुपर्छ।
सबैलाई चाहिन्छ गास बास र कपास यहाँ,
देशभित्र सबै नागरिकहरूलाई घर हुनुपर्छ।

॥४॥

भन कहिले सम्म सोक मनाउने नेपाली जनता,
देश विदेशमा यो आफ्नो इज्जत फाली जनता।
पुराना थोंत्रा साधन बटुल्छन् नेताहरू देश भित्र,
त्यस्मै उड्दै गुड्दै पुग्छौँ मेची महाकाली जनता।
अचेल जता हेर्यो उतै दुर्घटना छैन सुरछित कतै,
लाशमा दिन्छन् भाषन र पिट्छन् ताली जनता।
ठाडो कसरी पार्छौ सिर नेताले केको गर्छौ गौरव,
आफ्नो स्वाभिमान तिर्शूलिमा पखाली जनाता।
यो देशलाई रणभूमि बनाए विदेशीकै बजार भयो,
कहाँ बस्छौ अब मधेशी पहाडी र हिमाली जनता।
बिहानै उठ्यो श्रद्धाञ्जली रातीमा निन्द्रा लाग्दैन,
कति दिन बाँचौला हामि यसतो रोग पाली जनता।
सुरेशकुमार पाण्डे

Dhnagadhi & Krishanapur