आज मैले ठूलो गल्ती गरे

Image
Nisarga Hospital

सोच्न त सोच्छु नि
दु:ख दिनुहुन्न कसैलाई
मलाई दोष दिंउ या मेरो उमेरलाई
मैले दु:ख दिहाल्छु
कहिले आफैंलाई कहिले अरुलाई
दु:ख दिंदा थाहा पाउँदिन
दु:ख दिएपछि भन्छु ओहो
आज मैले ठुलो गल्ती गरे!

CP Hospital Dhangadhi

खै एउटा मान्छेले मलाई
के भनेको थियो
कुरा त पहिलेकै हो
ठुलै लफडा परेको थियो
हानाहान भएको थियो
मैले उसको टाउकोमा
मुक्का हानेको थिए
मेरो औँलाको नशा भाँचिएको थियो
जब उपचार गर्न पर्यो
हजारौं खर्च गर्न पर्यो
अनि म भन्न थाले
अब त म यस्तो के गल्ती गरुँला र
आज मैले ठूलो गल्ती गरे !

म कस्तो क्या एकछिन सम्झिने
एकछिनमा बिर्सिने
गल्ती नगरुँ भन्दा पनि गरिहाल्ने
आफ्नै जितो गर्ने कहिले न हार्ने
कतै बोल्न गयो बोल्दा बोल्दै बिगार्ने
अनि घर आउने चिन्ता गर्ने ओहो भन्ने
आज मैले ठूलो गल्ती गरे !

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सानो गल्तिलाई पनि ठूलो मान्ने
खै म कस्तो हो जान्ने या नजान्ने
अनि भन्ने गल्ती सानो ठूलो हुन्छ र?
आँसु नझारी कोहि रुन्छ र?
हो यो सबै कुरा नजानेर
जानेर पनि बिर्सेर
आज मैले ठूलो गल्ती गरे!

मैले हिजो जाँडरक्सी ,चुरोट
आज देखि छुन्न भन्या हो
रक्सी खाएर राम्रो हुन्न भन्या हो
हिंड हिंड म खुवाउछु एउटाले भन्यो
हिंड हिंड म खुवाउँछु अर्कोले भन्यो
हुन्छ सित्तैमा पाए त
खाउ खाउ मेरो मनले भन्यो
फेरि साथिहरुको लह लहमा परेर
टन्न घिचेर आए
बाटोमा हिंडिरहेका छोरीलाई आँखा लाए
रक्सी खाएर घरमा आए
खाना मीठो भएन भनेर
आमालाई गाली गरे
मैले मेरि आमालाई रुवाए
अहिले बल्ल होसमा आए
फेरि सम्झिएँ
ओहो कस्तो साथिहरुको संगत गरे
मैले हिजो पनि गल्ती गरे
अस्ति पनि गल्ती गरे
आज मैले ठूलो गल्ती गरे !

पारस भट्ट “प्यासी ”
सुदुरपश्चिम बैतडी

Dhnagadhi & Krishanapur