पद्मकन्यामा कविता वाचन कार्यक्रम सम्पन्न

Image
Nisarga Hospital

पद्मकन्या क्याम्पसमा कविता वाचन कार्यक्रम भव्यताका साथ सम्पन भएको छ। भर्खरै गठन भएको पद्मकन्या सृजना समुहको आयोजनामा सो कार्यक्रम सम्पन भएको हो ।

CP Hospital Dhangadhi

पहिलो कार्यक्रमको रुपमा आज कविता वाचन कार्यक्रम गरेको क्याम्पसकी स्ववियु सचिव तथा कार्यक्रम संयोजक भुपेश्वरी ऐर (भूपी) बताएकी छन । उक्त कार्यक्रममा क्याम्पसका सह प्रा विमला नेपाल (सहायक क्याम्पस प्रमुख पद्मकन्या),सह प्रा डा. शैलेन्दुप्रकाश नेपाल,सह प्रा प्रभा भट्टराइ, उप प्रा कुमारी लामा ,पद्मकन्या कर्मचारी संघ अध्यक्ष जमुना पौडेल ,शिक्षक डा.ध्रुव प्रसाद बस्याल लगायत कर्मचारी तथा विद्यार्थीहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

nawajiwan
Attariya Hospital

कार्यक्रको विशिष्ट रचना वाचकको रुपमा सह प्रा. प्रभा भट्टराईलाई आमन्त्रित गरिए को थियो। कार्यक्रमको उद्घाटन क्याम्पस कि सहायक क्याम्पस प्रमुख विमला नेपाल गरेकी थिइन् ।

उनले उद्घाटनसंगै उपस्थित सम्पुर्णलाई साहित्यिक मन्तव्यले स्वागत गरेकी थिइन् । साथै नेपालले उक्त कार्यक्रमको बारेमा प्रकाश पारेर सो सृजना समुह गठनको उदेश्यबारे प्रष्ट्याएकी थिइन्।