
घाटाभ्यो भणी काम गद्द्यान रित्ताइ लाइदियो भन्णा सुन्णाथिउँ
ठेकदार झौल्याले उति रुप्या सब पचाइदियो भन्णा सुन्णाथिउँ

हेरत बिस लाखको बजेट आया रैछ कुलाकी भणी ठुल्यागौँमा
दुई लाखको कामगरि अठारलाख खाइदियो भन्णा सुन्णाथिउँ
यो काम यैले निको गरेइन भणी सब मान्सले जन्णा जन्णाइलै
अन्धा, काना ,लाटाघाटा भै तसोइ थाइदियो भन्णा सुन्णाथिउँ


एकदुई मान्सले यैका नाउँमा केस गद्दौँ भणी हिट भणिहाल्थ्यो
ठेकदारकी डरले और कसैले नाइ झाइदियो भन्णा सुन्णाथिउँ
उ योजना कसै हिसाबलेलै पास हन्यावालो नाइथ्यो भण्यो
ओभरसियर लाखौँ घुस दि पास गराइदियो भन्णा सुन्णाथिउँ
पारस भट्ट “प्यासी”
मेलौली दुई बैतडी





























