
धनगढीःकैलाली जनपुस्तकालयले प्रदान गर्ने भोजराज-हरिप्रिया राष्ट्रिय समाजसेवा पुरस्कार यस वर्ष कञ्चनपुर महेन्द्रनगरका समाजसेवी मदन चन्दलाई प्रदान गरिने भएको छ।

पुस्तकालयको शुक्रबार बसेको बैठकले चन्दलाई सो पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको कैलाली जनपुस्तकालयका अध्यक्ष डा. टीएन जोशीले बताए। १७ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा यही भदौ १५ गते कैलाली जनपुस्तकालयले आयोजना गर्ने विशेष समारोहमा सो पुरस्कार प्रदान गरिने बताइएको छ। वरिष्ठ समाजसेवी भोजराज भण्डारी तथा उहाकी धर्मपत्नी हरिप्रिया भण्डारीको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको हो।
बिगत ३०\३५ वर्षदेखि महेन्द्रनगरमा रही शिक्षा, स्वास्थ्य, जनचेतना, लागु औषध दुर्व्यसन लगायतका क्षेत्रमा समाजसेवा गरी विशिष्ट योगदान पुर्याए बाफत चन्दलाई सो पुरस्कार प्रदान गरिन लागेको पुस्तकालयले जनाएको छ।






































