डा. ढकाल राष्ट्रिय स्वास्थ्य सेवा सम्मानबाट अभिनन्दित

Image
Nisarga Hospital

धनगढी : धनगढीको नवजीवन अस्पतालका वरिष्ठ चिकित्सक तथा मेडिकल डाइरेक्टर डा. बिदुरमणि ढकाल बिपी कोइराला राष्ट्रिय स्वास्थ्य सेवा सम्मानबाट अभिनन्दित भएका छन्।

CP Hospital Dhangadhi

१७ औ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा सनिबार कैलाली जनपुस्तकालय धनगढीले डा. ढकाललाई सो सम्मान प्रदान गरेको हो। डा. ढकाललाई प्रमुख अतिथि प्रदेश प्रमुख माननीय नजिर मियाँ र सुदूरपश्चिम प्रज्ञा -प्रतिष्ठानका उपकुलपति तथा कैलाली जनपुस्तकालयका अध्यक्ष डा. जोशीले टिका, माला, दोसल्ला र अभिनन्दनपत्रबाट सम्मानित गरे। सो अवसरमा अध्यक्ष जोशीले डा. ढकालले लामो समयदेखि सुदूरपश्चिममा रहेर स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्याउनुका साथै समाजसेवाको रूपमा समेत योगदान पुर्याएकोले उहाँलाई सो सम्मान प्रदान गरिएको बताए।

Attariya Hospital

समारोहमा बोल्दै सम्मानित ब्यक्तित्व डा.ढकालले सम्मानले आफूलाई काम गर्न अझ उत्प्रेरित गरेको बताउदै सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रको विकास र सम्बर्द्धनका लागि आफूले सक्दो योगदान गरिरहने बताए। डा. ढकाल बिगत १५ वर्षदेखि सुपमा वरिष्ठ हाड जोर्नी तथा नसा रोग विशेषज्ञको रूपमा कार्यरत छन्।

nawajiwan