नेपाल औषधि ब्यबसायी संघ सुदुरपश्चिम प्रदेशको सपथ ग्रहण सम्पन्न

Image
Nisarga Hospital

कंचनपुर: “मर्यादित ब्यबसाय, मर्यादित व्यावसायिक एकता आजको आवश्यकता” भन्ने मुल नाराका साथ कंचनपुरको महेन्द्रनगरमा भाद्र १५ गते सम्पन्न भएको नेपाल औषधि ब्यबसायी संघ सुदुरपश्चिम प्रदेशको पदाधिकारीको सपथ ग्रहण सम्पन्न भएको छ ।

बिजयी अध्यक्षका उम्मेदवार गजेन्द्र देव लेखकलाई अधिवक्ता एमब मुख्य निर्वाचन अधिकृत शिवराज पाण्डेयले बिजयी प्रमाणपत्र दिदै सपथ ग्रहण गराएका छन । त्यसपछि अध्यक्ष लेखकले अन्य बिजयी उम्मेदवारहरुलाई सपथ ग्रहण गराएका छन ।

CP Hospital Dhangadhi

तीन बर्षे कार्यकालको लागि भएको संघको निर्वाचनमा अध्यक्षमा गजेन्द्रदेव लेखक, वरिष्ठ उपाध्यक्षमा जनकराज जोशी, थोक उपाध्यक्षमा टेक नारायण पौडेल, खुद्रा उपाध्यक्षमा कैलाश चन्द्र भट्ट, महासचिवमा केशव ओझा, कोषाध्यक्षमा खेमराज भट्ट, सचीवमा मधुकर चौधरी र उपकोषाध्यमा बंशिधर कलौनी चयन भएका थिए ।

त्यस्तै, सदस्यहरूमा फोनिराम चौधरी, साहिबा राना, घनश्याम कलौनी, अर्जुन सिंह कठायत, शैलेश कुमार श्रेष्ठ, जीतराज भट्ट, पुष्पराज उपाध्याय, शंकर प्रसाद शर्मा र राम बहादुर चौधरी निर्बिरोध निर्वाचित भएका थिए ।