
धनगढी: सुदूपश्चिम प्रज्ञा-प्रतिष्ठानले अनुसन्धानमूलक ग्रन्थ ‘सगुन’ पहिलो अङ्क प्रकाशन गरेको छ। इतिहास र संस्कृति विशेषको रूपमा प्रकाशन भएको उक्त कृतिमा चालिस जना स्रष्टाहरूका खोजमूलक लेख रचना प्रकाशित छन्।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशीले ‘सगुन’ को पहिलो अङ्क सङ्ग्रहणीय भएको बताए। उनले सुदूरपश्चिमको प्राज्ञिक उन्नयनमा अनुसन्धानमूलक ग्रन्थ सगुनको महत्वपूर्ण भूमिका हुने बताए। झण्डै तीन सय पृष्ठको उक्त ग्रन्थको प्रधान सम्पादक डा. टीएन जोशी, कार्यकारी सम्पादक उमेश अवस्थी ‘आदर्श’ र ब्यबस्थापक मदनसिंह महरा रहेका छन्।

अनुसन्धानमूलक ग्रन्थ सगुन असोज पहिलो साता लोकार्पण गर्ने कार्यक्रम छ। ग्रन्थमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले गरेका प्राज्ञिक गतिबिधि समेटिनुका साथै बिभिन्न विद्वान साहित्यकारका खोजमूलक रचना समेटिएको प्रतिष्ठानले जनाएको छ।
































