स्व. आमाको सम्झनामा लक्ष्मीदत्तका केही मनका भावनाहरु

Image
Nisarga Hospital

उज्यालो घर यो थियो जनमको सारा अदीप्ती भयो ।
सारा तेल सकेर यो अभयको बल्दै गरेको दियो ।।
के भो खै कसरी बुझ्यो यति छिट्टै कस्ले बुझाई दियो ।
साथैमा जननी सदा नजिकमै कस्ले उडाई लियो ।।
(१)

CP Hospital Dhangadhi

धर्तीको चलनै थियो कि भवमा कामै बिगारे यहाँ ।
कस्तो सुन्दर कुञ्ज यो जगतको ऐले गयो त्यो कहाँ ।।
आमा वावु शखा कुटुम्ब सगमा माया थियो दैवको ।
छोड्यो आज सवै कुटुम्ब जगका माया दया जीवको ।।
(२)

छोरा चार थिएँ पनाति सगमा शौभाग्यका साथमा ।
छोरी तीन थिएँ जवाइ सगमा शोभा थियो गाथमा ।।
कस्तो हाल भयो सुरम्य घरको के हाल देख्नु य–यो ।
ऐले कागजमा दुखी कलमले यो गीत लेख्नु प–यो ।।
(३)

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

साथैमा जननी बुवा हजुरको शौभाग्य कस्तो थियो ।
यो कस्तो अभिशाप भो अब यहाँ जोडी यहाँ छूटियो ।।
श्यामा तीर्थ महाँ भयो हजुरको अन्त्येष्टि कर्मैहरु ।
लेख्यो दैव जिले ललाट बिचमा को सक्छ मेटन् बरु ।।
(४)

आनन्दी मन शान्त भाव मनमा लालित्य पारा दिनु ।
मेरो अन्तर भाव शुद्ध पनको श्रद्घेय भावै दिनु ।।
स्वार्थी भाव सदा यसै समयमा मेरो हटाई कन ।
आषानै फलको नराखि मनमा यो सात्विकै हो मन ।
(५)

तिम्रो याद महाँ सरा जनम यो सुन्सान देखिन्छ की ।
खोज्दै यो शिशु ले पुगे हर जगा आमा त पाइन्छ की ।।
त्यो रुपै मनमा थियो हर घडी विर्सन्न एकै पल ।
पुर्खाको पथमा हिडौ जनममा देउ मलाई फल ।।
(६)

सारा याम गयो फिरेन जननी स्वप्ना सुनौला भरी ।
देख्ने हो कसरी मुहार अबता संन्ताप मन्मा धरी ।।
हेर्छौ आज पनी ति मार्ग सबमा आखा उघारी कन ।
सम्झाऔ कसरी म जाउ अबका मान्दैन मेरो मन ।।
(७)

धर्ती भित्र लुके कि वा अझ कतै देखिन्न छाया पनी ।
हेदैछौ सब बिम्बमा हर घडी देख्दैन काया पनी ।।
हेदैथे घरमा सदै विरहले खोज्दै छु आमा भनि ।
राखेको उरमा सदा नयनले सोच्दै छु माया पनि ।।
(८)

यो धर्ती विचबाट मुक्त तन यो के रुप हो ईश्वर ।
आमाको अवशानले कति छिट्टै सुन्सान मेरो घर ।।
आएँथे घरमा हितैषि जन यी नैराश्य भावै लिए ।
गर्नूकर्म सदा समर्पण गरी सत्भाव सारा दिए ।।
(९)

आमा दर्शन दुर्लभै छ अबता देख्ने छु मैले कहाँ ।
सारा संन्तती छोडि यो जगतमा कुन्नी गए ती कहाँ ।।
आमा देख्न भनेर बैनि घरमा देखेन खै त्यो तन ।
संम्झाऔ कसरी म बैनि सवको खुल्दैन मेरो मन ।।

लक्ष्मी दत भट्ट  

Dhnagadhi & Krishanapur