
हजुरआमा मैले बिर्सेको छैन,

नसम्झेको पनि हौइन,
सम्झीरहन्छु याद गरिरहन्छु,




म मेरा बा भन्दा पनि हजुरआमा सम्झन्छु!
हजुरआमा नभएको भए बा हुने थिएन सम्झन्छु,
बा नभएको भए म हुने थिएन सम्झन्छु!
म नभएको भए आज यि मेरा
सब्द हुने थिएनन् सम्झन्छु !
छन् त घर भरी मान्छे छन् मेरो पनि साथी भाई छन् ,
खसी बाख्रा छन् गोठमा गाई छन् !
तर केही नभए जस्तो लाग्छ,
घर शून्य लाग्छ ,अन्धकार लाग्छ,
एकहोरो हुन्छु टोलाउछु दु:ख लगातार लाग्छ!
जरो आउँदा समेत हजुरआमा सम्झन्छु,
हजुर आमाको हात सम्झन्छु,
नाडी छामेको सम्झन्छु,
नाडी छाम्दै जरो नापेको सम्झन्छु !
हजुरआमाले बनाएको रोटीको स्वाद बिर्सेको छैन,
तरकारीको स्वाद बिर्सेको छैन !
खान त थुप्रै ठाउँमा खाए,
जान पनि थुप्रै ठाउँमा गए,
त्यो स्वाद कुनै रेस्टुरेन्ट क्याफे
फाईप स्टारमा भेटेको छैन्!
बिहान उठ्ने बितिक्कै
हजुरआमाले बनाएको
चियाको स्वाद कतै भेटेको छैन !
म हजुरआमालाई पूरा सम्झन्छु,
हजुर आमाले दिएका असल
अर्ति उपदेश कुरा सम्झन्छु !
नातीले कहिले सम्झेनौँ भनेर
हिजो राती सपनामा आउनु भयो है,
यो नातीलाई झन याद गराएर रुवाउनु भयो है!
हजुरआमा मैले माया मारेको हैन,
हजुरआमा मैले बिर्सेको छैन!
पारस भट्ट प्यासी –
सुदुरपश्चिम बैतडी
































