
तिम्रो बुबाको सधैंभरि पेट दुखिरहन्थ्यो कुनैदिन त एक बाल्टी खुन कै बान्ता हुन्थ्यो भनेर पनि धेरैले मलाई कुरा पनि सुनाएका छन् तर मेरो बा लाई हाम्रो ऋण खायौ भनेर गाउँका केही सामन्तीहरुले मारेको हो रे !अनि मेरो हजुरबुबा पनि एकदमै सोझो मान्छे गाउँका ठुलाबडा भनौँदाहरुले हाम्रो हलि बनेनौँ भनेर हजुर बुबालाई पनि गाउँबाट निकाला गरेको थियो रे! पल्लो घरका साईला दाईलाई तिनै सामन्तीले कमारो बनाएर राखेको चार गाउँसम्म चर्चा थियो ! पुतली आमाको पेटको बच्चा लात्तीले किचेर पेटमै मारिदिएको हो रे !

त्यही ठुलाबडा भनौँदाहरुले सल्लेरी बनमा आफ्नै बहिनिलाई योन समपर्क गरिरहेको बेला गोठाला भएका एक सज्जन कामी बा को छोराले आफ्नै आँखा अगाडी देखेको हो! तर बिचरालाई आफ्नो ज्यानको मायाले बाँध्यो गाउँले कसैलाई भनेन बस आफ्नै बुबालाई बताएर आफू गाउँ छोडेर भागे अहिले त कामी बा को छोरा कहिँ छ या छैन् अत्तो पत्तो छैन् !
घरबाटै हराएको चालीस -पैंतालीस बर्ष भैसक्यो घरमा आमा बुबा बितेकै पाँच- साथ बर्ष भैसक्यो!

गाउँका एक सर्व साधारण सोझा उब्जल काकाले दुई _ तिन स्कुलमा पढाउनु भयो ब्यबस्थापन समितिले उब्जल काकालाई राम्रो पढाउनु हुन्छ भनेर त्यही स्कुलमा सधैँ पढाउन पाउने कागजपत्र बनाउने कुरा राख्यो ! उब्जल काका पनि निकै खुसी भए तर स्कुलको हेडसर जो त्यही गाउँका सामन्तीका छोरा थिए र उहाँले नै हस्ताक्षर नगरेर उब्जल काका शिक्षक हुन पाएन !
हेड सरले भनेका थिए रे तँलाई स्कुलको शिक्षक बनाएर हाम्रो बेइजती हुन्छ तिमी सोझासाझाको खानदानमा पनी शिक्षक भयो भनेर जताततै हल्ला हुन्छ! यो ठाउँको शिक्षक म मात्रै छु मेरो धेरै मान सम्मान छ! भोलि तिमी पनि मान सम्मान पाउन सक्छौ ! तिमिलाई यो सुहाउँदैन भनेर उब्जल काकालाई पढाउन दिएन !
बाबू तिमिलाई भनेर साध्य छैन म कति सुनाउ तिनिहरुका खराव आचरणहरु लाखौँ छन् ! भनेर मलाई ठुले गाउँका धामी बा बताउछन्!
मैले धामी बा लाई सोधे अहिले कस्ता लाग्छन् त तिनिहरु?
धामी बा ले भन्नुभयो अहिले पनि तिनीहरुका खलकको स्वभाव उस्तै लाग्छ , अझैसम्म पनि गाउँमा अन्याय, अत्याचार ,दम्भ ,धन सम्पत्तिको आडम्बर देखाई नै रहन्छन् ! गाउँका सोझा साझालाई आफ्नो मुठ्ठीमै दवाउन खोज्छ्न् ! तर धर्मकर्ममा खुव बिश्वास राख्छन् पाठ पुजा देवि देवताको आराधाना सतसँग, किर्तन भजन गर्न निकै उत्साहित हुन्छन् यो कार्य चाहिँ राम्रो देखिन्छ! तरपनि पाप गर्न चाहिँ कहिले नछोड्ने सामन्तीका खलकहरु सुध्रेलानकी भन्ने आस मनमा पलाएको छ!
मैले धामी बा लाई फेरि प्रशन् उठाए ती सामन्तीहरुका परिवारको बिरोध कसैले गर्दैन थियो ?

धामी बा ले आफुले जानेका केही थप कुराहरु मलाई बताउनु भयो !
सामन्तीहरुका बिरोधी एकजना उस्ताज बाजे हुनुहुन्थ्यो ! उस्ताज बाजेको एक जना छोरा गाउँभन्दा अलि बाहिर नै बस्नुहुन्थ्यो ! उसो त गाउँमा देवता पुजेको दिन ,दसैं तिहार कुनै चाँडपर्व मनाउन आउनुहुन्थ्यो! उहाँको पनि गाउँमा एउटा सानो घर थियो उहाँले गाउँबाट अन्त बसाई सर्न जाँदा गाउँको एक परिवारलाई बेच्नु भएको थियो! उस्ताज बाजे गाउँका सामन्ती शोषक कै परिवार नजिकका भएता पनी तिनिहरुको सधैं बिरोधी नै हुनुहुन्थ्यो एक चोटि ती सामान्तीको परिवारमा ठुलो कथा यज्ञ लाग्यो!
दिनरात पाप गर्ने पापीका संन्तानहरु खुब समाजमा राम्रो बन्नको लागि यज्ञ होम कथा गर्छन् भनेर उस्ताज बाजेले एउटा खसी काटेर आफ्ना साथिहरुसँग भोज गरेर खानुभयो! भोलिपल्ट उस्ताज बाजेलाई ती सामन्तीहरु केही जेठापठाहरु विभिन्न कुरा गर्न्न थाले हामिले घरमा कथा लाएका छौँ तिमी खसी बाख्रा काट्छौ कस्तो खराव आचरण भएको मान्छे भनेर उस्ताज बाजेलाई गाली गर्न थाले तर उस्ताज बाजे निडर थिए उनले भने मेरो आचरण गलत हैन आचरण गलत त तिमी अत्याचारिहरुको हो मलाई धेरै बोल्न नगराउ तिमिहरु बोल्न त के थुक्न लायक पनि छैनौँ !
सधैं पाप गर्ने गाउँका सोझासाझालाई पेल्ने सामन्तीको परिवारका एकजना मान्छेको हात कुहेर किरा परेको थियो ! उस्ताज बाजेले भन्नुहुन्थ्यो यि मान्छेहरु हौइनन् यो कुकुरको फौँज हो !तर गाउँका मान्छेहरु त ती सामन्तीहरुको डरले बोल्दैनथे रातदिन एकजना मात्रै कति बोल्ने उस्ताज बाजेपनी गाउँ छोडी जानू भयो र केहि समयपछि बितिहाल्नु भयो
!
गाउँले कोहि साथमा नहुँदा पनि ती सामन्तीहरुको अत्याचार सँग रातदिन क्रान्ती गर्ने समाजका एक दुई जना अन्य मान्छेहरु पनि थिए तर रातदिनको टाउको दुखाई सहन नसकी जन्मेको गाउँनै छोडी आफ्नै छुट्टै राम्रो समाज निर्माण गर्न हिँडे !अहिले त समयनै बिस्तार बिस्तारै बदलिँदै गयो मान्छेहरु शिक्षत हुँदै गए ती सामन्तीहरुका गलत काम विरुद्ध बोल्ने थुप्रै युवाहरुको जन्म भैसक्यो त्यति अन्याय अत्याचार त गर्न पाउँदैनन् तर पनि बाबू धन सम्पतीको आँडमा जुनसुकै गलत कदम उठाउन बेर गर्दैनन् आफ्नै छोरी चेलिलाई समेत हातपात गरेका कयौं उदाहरण मैले भनिसके अहिले पनी तिनिहरुका सन्तानहरुले अरुलाई हुन् दिदैनन् केहि बर्ष मात्रै भयो एकजना छोरी स्कुलको मेडम हुन लाग्योको थियो उसका कागजपत्र सबै च्यातेर फाली दिएको हो, जुँगे काकाको छोरा एकचोटि बिदेश जानू भएको थियो घर आएको बेला उसलाई समेत पुरै सामन्तीको परिवार खलकले त्यो साईला दाईको छोराको बिहेको दिन आक्रमण गरेको थियो!!
अर्को एक जनालाई मेला हेर्न गएको दिन लात्तिले हानेर भिरमा खसाली दिएको थियो !
कहिलेकाँही गित गजल पनि गाउँछ
मल्ला घर जेठा दाईको टुहुरो छोरालाई पनी थुप्रै षड्यन्त्र गरेर फसाउन खोजेको त पुरै देशलाई नैं थाहा भयो !
धामी बा लाई मैले भने त्यसो भए तिनिहरु कहिले सुध्रिनु हुन्न है बा?
धामी बाले मुसुक्क मुस्कान छोड्दै उत्तर दिनुभयो मैले भनिसके त ,धर्म कर्म, किर्तन भजन ,सत सँगमा खुब लागेपनी बुबाबाजे हजुरबुबाले गरेको दम्भ देखाईहाल्छन् ,
तरपनी अलिकति पहिलेको भन्दा फरक र शान्त म देख्छु !
र सबैलाई भन्छु
सामन्तीका खलकहरु सुध्रेलानकी भन्ने आस मनमा पलाएको छ!
पारस भट्ट प्यासी –
सुदुरपश्चिम बैतडी





























