
मुक्तक १.

मेरो देशको हाल देखेर यो मनमा कसरी पो खुसी छाउँछ?
अन्त के होला प्रभु राजधानीमा त बाढीले मान्छे बगाउँछ
नेताहरुले भाषणमा त खुब पानी जहाँज ल्याउँछन्,
बाढी आयो उद्दार गर्न न डुङ्गा आउँछ न हेलिकप्टर आउँछ !
मुक्तक २
कहाँ छौ नेताहरु खोलाले,नदिले मान्छे बगाइरहेको बेला?
पानी परेको बेला, बाढी आएको बेला, देश रोएको बेला
बस भगवानलाई पुर्कान बाहेक केही अरु बिकल्प रहेन,
घर भित्रै पानी पसेर हामी जनता डुवानमा परेको बेला!




पारस भट्ट” प्यासी “
सुदुरपश्चिम बैतडी
































