सुरेश कुमारका २ उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

बाढी पहिरोले धेरै जन धनको नास भयो,
सरकार मौन छ निर्दोसहरूकै लाश भयो।

CP Hospital Dhangadhi

युवाशक्ती छैन देश बिकाशमै टेवा पुगोस्,
दुनियाँ भरिमा हाम्रै देशको उपहास भयो।

भन्छन् बौलायो प्रकृती आधार बनाउँछन्,
मानिसलाई प्रकृतीको दोहननै खास भयो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सुख्ख कै लागि सुन्दर घर बनाए खोलामा,
खोला उर्यो ढाल्यो घर दुःखको रास भयो।

भूमाफियाले बेच्यो गरिबले किन्यो के दोश,
सजाए गरिबलाई न गास भयो न बास भयो।

भुँई मान्छेको लागि लेख्दा लगाए धार्ने हात,
अपराधीकै लागि लेख्नेहरू सधै पास भयो।

॥१॥

कसैले मायामा सम्मान् गर्यो र योगदान गर्यो,
कसैले उसै सँग नि धोखा गर्यो वेइमान गर्यो।

मानिसले आफ्नै चरित्र झल्कायो व्यवहारमा,
कसैले बिगार्यो ग्रिस्थी कसैले समाधान गर्यो।

नेताको पनि आ आफ्नै किरदार छ देशभित्र,
कसैले आजीवन लगायो कसैले उखान गर्यो।

जस्तै गरिबले खानैका लागि बगायो पसिना,
त्यसैमा शोशकहरूले आफ्नो दोकान गर्यो।

के गर्दैन मानिसले यो धर्ति आकासमा समेत,
कटान गर्यो आफ्नै स्वार्थि बिचार रटान गर्यो।

गरिबलाई अचानो बनाए आफु बिदेश घुम्छन्,
क्रान्तिको मूलप्रवाह स्वार्थमा अपसान गर्यो ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

Dhnagadhi & Krishanapur