

गजल-
जस्तो गर्दा समेत चित्त बुझाउन सकेको छैन
कहिल्यै अनुहारमा हाँसो खुसी देखेको छैन
दुनियाँले रिस गर्यो भनेर मैले के गुनासो गरुँ
यहाँ आफ्नाहरुले त गाली गर्न छोडेको छैन




दु:ख पर्दा ठुलै सहयोग गरेको हो कसरी भनुँ
कोहि कसैले एक बचन मीठो बोलेको छैन
नजिक जान समेत डर लाग्छ आँखा तर्नु हुन्छ
अहिले सम्म राम्रो मुखले म तिर हेरेको छैन
मत मेरो पनि आफ्नाहरु छन् भनेर गर्व गर्छु
तर मलाई कसैले पनि आफ्नो सोचेको छैन
पारस भट्ट प्यासी – मेलौली दुई
सुन्दरभुमी सेलि बैतडी
































