सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

हाम्रो देशभित्र जब देशभक्तको कदर हुन्छ,
तब देशको लागि प्राण दिने पनि रहर हुन्छ।
यसो सोंचौँ त हाम्रो देशमा दलाल किन बने,
यस्तै व्यवहारले त लिलाम आफ्नै घर हुन्छ।
युवा खाडिमा हुन्छन् रत नेता हुन्छ गाडिमा,
यही देश पनि त रेमिटेंसमा सधैँ नर्भर हुन्छ।
आमाले इमान धर्मका उर्ति दिएर जानुभयो,
बद्शाला चलाउँदा पनि इस्वर वेखबर हुन्छ।
औषधी बेच्नेहरूले पनि त किन्छन् औषधी,
जान्छन् सबैको बिश्राम गृह उही बगर हुन्छ।
जातको लागि र धर्मको लागि लड्छौँ हामी,
यो व्यवहारमा कस्को उज्यालो अधर हुन्छ।

CP Hospital Dhangadhi

॥१॥

कसरी चुप लागौँ मानव बेच बिखान हुन्छन्,
उनिहरू जो हाम्रो समाजका पराण हुन्छन्।
भ्रष्टाचारी र अपराधी भएर पनि छन् स्वर्गमा
जानेर आँखा छोप्नेहरू किन अन्जान हुन्छन्।
मित्र मरेपछि यही समाजले आगो लगाउँला,
टुहुरा हुनेहरू त मात्र मुर्दाका सन्तान् हुन्छन्।
यो समाजले पनि कस्तो उपदेश दिन्छ र उर्ती,
अत्यचार सहे अर्को जनममा समाधान हुन्छन्।
भ्रष्ट पुँजिवादी व्यवस्था ध्वस्त पार्नै पर्छ यहाँ,
इमानको उपहास गर्ने कारिन्दा वैइमान हुन्छन्।
राजनीति व्यापार शड्यन्त्र दाउँपेच हुनथाल्यो,
इमानदारी राजनीति गर्नेहरू त नादान हुन्छन्।

nawajiwan

॥२॥

Attariya Hospital

यो देश अचेल युवा बिहिन हुनथाल्यो,
अब यो व्यवस्था सँग घिन हुनथाल्यो।
जता हेर्यौँ उतै विदेशीको चलखेल हुदाँ,
उपनिवेसमा पर्छ की एकिन हुनथाल्यो।
एक त्यही त छैन खुसी मनभित्र अचेल,
दुःख र वेचैनमै अधर मलिन हुनथाल्यो।
अन्धकार छ जता ततै दिनरात उस्तै छ,
सकिदैन जिउँन तिमी बिन हुनथाल्यो।
नपायो निकास न भयो बिकास देशमा,
नागरिककै काँधमा रिनैरिन हुनथाल्यो।
हामि उज्यालोका लागि लडिरहेता पनि,
यहाँ रात भन्द अँध्यारो दिन हुनथाल्यो।

॥३॥

बिश रूपियाँ झोलङ्गे पुल पार गर्दा लाग्छ,
अब यो कानुन नियम तकरार गर्दा लाग्छ।
रोजगार छैन सौचालय गर्दा दाम पानीको,
निरङ्कूश भयो कानुन इन्कार गर्दा लाग्छ।
कसरी बाँचने निर्धनहरू यस्तो गणतन्त्रमा,
अपजस् भ्रष्टाचार को उजगार गर्दा लाग्छ।
साग सब्जिमै लाग्छ कर कुखुरा र खशिमा,
अचेल कर पसु पंक्षिको सुसार गर्दा लाग्छ।
जनता लुटिए तर देश कङ्गाल छ फेरी पनी,
अब त यो व्यवस्था नै चिरफार गर्दा लाग्छ।
दन्किन्छ आगो फेरी हुन्छ गृहयुद्ध देशमा,
अब त अन्तिम पटक मारामार गर्दा लाग्छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८