सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

आउ तिमी र हामि मिलेर संसार बनाऊँ,
मनको मैला फालौँ सफा व्यवहार बनाऊँ।
आज कुरिती समाजमा जताततै झाँगियो,
एक एक पाइला चालौँ सुसंस्कार बनाऊँ।
चिनाउँनु छ हिमाल पहाड तराई देशको,
देशकै लगाम छोप्ने बलियो औतार बनाऊँ।
एउटै शन्तानमा नगरौँ हामिहरू तनतानि,
सयौँ जातजातीहरू पल्ने रोजगार बनाऊँ।
सबै बिभेदकै अनत्य भनेकै वर्गिए एकता,
श्रमजिविहरू बाच्न सक्ने आधार बनाऊँ।
विरहरूको देश हो कहिल्यै दमन् सहेनौँ,
आफ्नै बलबुतामा बलियो औजार बनाऊँ।

CP Hospital Dhangadhi

॥१॥

केही भएका कलकारखाना पनि बन्द भए,
मिस्त्रिका घन र चाबी पाना पनि बन्द भए।
nawajiwan
युवाहरू विदेशमा गएर होटेल कोठी चार्दा,
गाउ घरमा उस्तै नाच गाना पनि बन्द भए।
अब त दशैं तिहारमा पनि सुनो हुन थाल्यो,
उस्तै भैलो मारूनीकै जमाना पनि बन्द भए।
कस्ता -कस्ता नेतालाई जन्मायो मेरो देशले,
गाउ घरमा गफ मिठा मसिना पनि बन्द भए।
वीर पौरखि शन्तानको हिमाल पहाड तराई,
बञ्जर जमिन अन्नका दाना पनि बन्द भए।
हाम्रो देश अचेल विदेशीहरूको मण्डि बन्यो,
लोकल बजार पसल किराना पनि बन्द भए।
Attariya Hospital
॥२॥
जसले जिवित छँदा मिठो बचन दिएन,
छोराहरूलाई सुन्दर र सफा मन दिएन।
उहि छोरा त हो आज अस्तु घाट पुरायो,
जसले घाट लैंजाँदा पनि कफन दिएन।
आज दुःख बोकेक्यो र समाजले देख्यो,
जस्ले रात काट्न आफ्नो आगन दिएन।
भन्छ समाज ज्ञानि रहेछ दान पुन्य गर्दा,
हिंजो उपचारको लागि उस्ले धन दिएन।
समाज पनि त उस्तै छ राम्रो भन्दा हाम्रो,
सत्यलाई मन मष्तिक भित्र रहन दिएन।
भन्छन् सबैले शिक्षित् भयौँ तर केपढ्यौँ,
घर गर्यो कुसंस्कारले राम्रो पढन दिएन।
॥३॥

घरमा ऋणको रास उसैलाई दँशै खास हुन्छ,
एकदिनको ऋण तिर्न वर्षदिन बनबास हुन्छ।
मदिरा नपिउँनु जुवा न खेलौँ थोरै खर्च गरौँ,
जो ऋणमा पर्छ ऊ जीवनभरीको दाश हुन्छ।
स्वाभिमानका कुरा गर्छौँ आर्काको दाश बनी,
त्यसैले हामी विरहरूको पनि उपहास हुन्छ।
बाजेको ऋण बाले बाको ऋण छोराले तिर्दा,
ऋण तिर्दा दिर्दै यहाँ पुस्तौँ पुस्ता लाश हुन्छ।
बा भन्नुहुन्थ्यो घर समाज चल्छ अनुसाशनले,
अचेल सत्य बचन त केवल बिरोधाभास हुन्छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८