सुन मेरो प्रतिबद्धता, पढ मेरो प्रतिबद्धता..

Image
Nisarga Hospital

गाउँ समाजको विकासको लागि चुनावमा उठेको छु
भोट गर्नुहुन्छ भन्ने आस मनमा राखेको छु
अँ लिनुहोस् बरु चिया खर्च कति नमान्नुहोला अफ्ट्यारो
बरु पैसा दियो भनेर नभिदिनु होला कसैलाई
किनकि भोट किन्यो भन्ने आरोप लाग्छ मलाई
फेरि चाहिँ हुन सक्छ गाह्रो !

CP Hospital Dhangadhi

सुन मेरो प्रतिबद्धता, पढ मेरो प्रतिबद्धता
तपाइँको छोराले अब देश छोड्नु पर्दैन
म यहीँ केही रोजगारको अवसर दिलाउने छु
विभिन्न किसिमका सीप मुलक तालिमहरु निरन्तर दिइनेछन्
ओहो हेर त गहुँ बालिका बोट सुकेको
पानी नभएर होला कुलो नभएर होला ?
लु अब खेतमा अबश्य सिँचाइ गर्नु पाउनु हुने छ!
सामाजिक सुरक्षा भत्ता टोल टोल मै बितरण गरिने छ!
भूक्षय रोगथाम र तटबन्धलाई प्राथमिकता दिइनेछ
अधुरा रहेका सडकहरुलाई पुर्णता दिइनेछ !

खेलाडी साथि भाईहरु पनि आइपुगेछन्
साथिभाइहरु हो क्रीकेट गेम खेलेर आउनुभएको हो?
अनि त्यो रामुको खुट्टामा रगत पो बगेको छ के भयो?
हुन त मैले सोध्न नहुने खेल मैदान नै छैन
यो भन्दा अघिका जनप्रतिनिधिहरुले केही गर्न सकेको हैन
ढुङ्गासँग ठेस लागेको होला है
अहिले म वडा अध्यक्षमा उठेको छु
सबै खेलाडी भाईहरुलाई भन्नुस्
मलाई भोट दिनुहोस् ,जिताउनुहोस्
मैले जित्यो भने यहाँ क्रीकेट रंगशाला बन्ने छ ,
भलिबल मैदान बन्ने छ !

nawajiwan

हेर त हेर त केटाहरु काँधमा के बोकेर ल्याउँदैछन्
स्टेचर जस्तो छ कोही बिमारीलाई
अस्पताल लाँदै छन जस्तो छ
एकछिन जाउँ है त्याँ
दारी बा पो रहेछन् !

Attariya Hospital

कहिले बिमारी भएको हिजो त ठिकै थिए
दारी बा दारी बा लु बोल्दैनन् त
ए बिचरा दारी बा त बाटोमै बितिहाल्नु भयो है
आज हामिले छिटो अस्पताल पुगाउन सकेको भए
एउटा एम्बुलेन्स समेत हाम्रो स्वास्थचौकीमा भएको भए
छिटो अस्पताल पुगाउन सकेको भए बा बाच्ने थिए कि
हुन त स्वास्यचौकी सम्म गाडी जाने नि बाटो समेत छैन
अब यस्तो पीडा हामिले सहनु हुन्न
म वडा अध्यक्षमा उठेको छु
मलाई जिताउनु पर्छ सबैले
म बाटो पनि बनाउछु
एम्बुलेन्स पनि ल्याउँछु !
मैले पाउने सेवा सुबिधा सबै
गरिव निमुखा जनतालाई
सहयोग गर्नेछु !

खानेपानी पनि छैन ,गाउँमा रोडहरु पनि छैन
अझैसम्म पनि कुनै कुनै घरमा त
बिजुलीबत्ती पनि बलेको छैन
स्कुलमा त कुनै बिकास छैन जस्ताको त्यस्तै छ
कम्प्युटरबाट पढाइ हुने ठाउँमा
कुनै कुनै विद्यालयमा त एउटा कम्प्युटर समेत छैन
राम्रो खाले चर्पिहरु छैनन्
चर्पिहरुमा पानि छैन एउटा साबुन छैन
सबै अवस्ता भताभुङ्ग छ
यो सबै सुधारको लागि
म चुनाव उठेको हो
सबै समस्याको हल पनि हुनेछ
मलाई जितायो भने
म वडा अध्यक्ष भए भने!

पारस भट्ट प्यासी —
सुदुरपश्चिम बैतडी