सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

जनताले नबुझ्दा देशको भविश्यनै अन्धकार हुन्छ,

CP Hospital Dhangadhi

घर पोलेर दुश्मनलाई उज्यालो दिने व्यवहार हुन्छ।

कसरी भ्रष्टाचार  सकिन्छ कसरी अपराध सकिन्छ,

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

भ्रष्टाचार रोक्न खोज्दा आफै गुल्टिने आधार हुन्छ।

राजनीति कहाँ हुन्छ लुटमार र हुन्छ रूवाबास यहाँ,

हाम्रो देशभित्र त राजनीतिको नाममा व्यापार हुन्छ।

छोरा विदेश नजाउ देशमै शङ्घर्ष गर देशका लागि,

यहाँ देश धितो राखेर स्वाभिमानसँग कारोबार हुन्छ।

तिमी धर्म र पापका कुरा गर्छौ बदशालाकै व्यपारमा,

के थाहा कुनवेला कस्को गर्धनमा तिम्रै औजार हुन्छ।

बरू इमान धर्मका कुरा नगरौँ यो वेइमानको बस्तिमा,

पुँजिवाद भित्र शान्तिकै नाममा लुटेराको संसार हुन्छ।

॥१॥

मुर्दाको होइन जिउँदाको उपचार हुनसक्छ,
मरेपछि त मात्र अन्तिम संस्कार हुनसक्छ।
छोरा यदी शरबण कुमार बन्नसके बाबा भने,
त्यसैमा बा आमा जिउँने आधार हुनसक्छ।
बरू साहित्यकार बने तर दलाल नेता नबने,
कवि वेइमान हुन्न तर नेता गद्धार हुनसक्छ।
हुनत राजनीति नगर्नु त्योपनि राजनीतिनै हो,
मान्छेलाई छुट्टाउँने उस्कै व्यवहार हुनसक्छ।
ऊ खाडीमा भएपनि चिन्ता छ आफ्नै देशको,
त्यसैले त ऊ नेपाली विरकै औतार हुनसक्छ।
देश जोगाउँनेहरू त महान सपुत हुन देशका,
नेताको भर नपरौँ देशको व्यापार हुनसक्छ।

॥२॥

तिमीलाई छुन आकासकै जुन को चिन्ता छ,
मलाई छाक टार्ने चामल र नुन को चिन्ता छ।
कसरी चल्छ घरबार आकास छुन खोज्दा ,
आफुलाई अचेल आफ्नै खुन को चिन्ता छ।
तिमी सधैँ एक मधेश एक प्रदेशकै कुरा गर्दा,
यहाँ हिमाल,पहाड मधेश र दुन को चिन्ता छ।
यो स्वाभिमानी नागरिकले सिङ्गो देश रोज्दा,
तिमीलाई भने विदेशी त्यो धुन को चिन्ता छ।
युवाहरू आफ्नै देशमा रोजगार पाउँने चिन्ता,
हाकिमलाई तलब भन्दा सुगुन को चिन्ता छ।
केखाऊँ भन्नेछ गरिबको घरमा बिहान बेलुका,
पेटमा अघाएकालाई चाँदी सुन को चिन्ता छ।

॥३॥

कसरी बन्छ देश देशभक्तको कदर नभए,
विकाश गर्ने यो देशका नेताको रहर नभए।
देश धरौटी राख्यो र सरकार चलायो नेताले,
खोलाले पनि बाटो बनाउँनै पर्छ बगर नभए।
प्रिय यो घर कसोगरी चल्छ भनिदेउ हाम्रो,
भाईलाई दाईको दाईलाई भाईको भर नभए।
विकाश गर्दैन यो सरकारले पनि तमाशा गर्छ,
कसरी चल्थ्यो रेमिटेन र नागरिको कर नभए।
आज सरकारकै दृष्टीमा कदर छैन शहिदको,
देश नै खाइदिन्थ्यो दुष्टले उनको डर नभए।
सुरेशकुमार पाण्डे दाङ घोराही १८

Dhnagadhi & Krishanapur