
क्रीकेट प्रतियोगिता हुँदै छ रे
जुन खेतले एक छाक भात दिएको छ ,
एक गास रोटी दिएको छ
जसले हाम्रो प्राण बचाएको छ
आज त्यही माटोमा, आज त्यही खेतमा
कसरी पो यो मनले क्रीकेट खेल्न मान्छ
म क्रीकेट खेल्न आउँदिन !

खेतमा खेल्न मिल्छ होला,
ठाउँ हुन्छ होला तर सुहाउँदैन
भात कुकुरमा पाक्छ कुकर मै पनि
खान सकिन्छ होला तर सुहाउँदैन
भात थाल मै खाएको सुहाउँछ
क्रीकेट गेम पनि क्रीकेट मैदानमा नै
खेलेको सुहाउँछ!
मलाई रहर नभएको पनि होइन
मैले क्रीकेट नखेलेको पनि होइन
मैले क्रीकेट खेल्न बिर्सेको पनि छैन
तर म क्रीकेट खेल्न आउँदिन !




खेतवालाई अलिकती चियापान गराएर गेम त होला
तर खेतवालाको मन खुसी कसरी पो होला
भोलि त उसले त्यही खेतमा गहुँ छर्नु छ
भोलि त त्यही खेतमा जोत्नु छ
खेत कुटिएर बाँजो जस्तै होला
जोत्न नै गार्हो होला,खन्न नै गार्हो होला
उसको भित्री मनले बोलिरहेका
कुराहरुलाई पनि त सुन्नु पर्ला ,
सम्झनुपर्ला !
तपाईं प्रतियोगितामा जानुस् या नजानुस्
तपाईं क्रीकेट खेल्नुस् या नखेल्नुस्
म केही भन्दिनँ , तपाईंको इक्षा,तपाईंको खुसि
जबसम्म हाम्रो ठाउँमा एउटा राम्रो खेल मैदान बनेर
शान्त रुपमा प्रतियोगीता हुँदैन
भब्य र सभ्य प्रतियोगिता हुँदैन
तबसम्म म क्रीकेट खेल्न आउँदिन !
बच्चै देखि क्रीकेट खेल्न भनेपछी
हुरुक्कै हुने म
कतै प्रतियोगिता हुँदा घरबाट
जान नदिंदा रुने म
टाढा टाढा गएर पनि
क्रीकेट खेलीरहन्थे
क्रीकेट मै आफ्नो भबिस्य
खोजिरहन्थे!
जब उमेर बढ्दै गयो
जिम्मेवारी बढ्दै गयो
कहिले खेल्न पाईयो
कहिले खेल्न पाइएन!
अझैपनि खेल प्रतीको माया घटाएको छैन
क्रीकेट खेल मनमा बसेको छ
मनबाट हटाएको छैन
प्रतियोगिता सहभागी हुने मन थियो नि
तर खेलाउने ठाउँ नै धान गहुँ उब्जाउने
ठाउँ भइदियो नि
म क्रीकेट खेल्न आउँदिन!
पारस भट्ट प्यासी –
मेलौली नगरपालिका २ बैतडी
































