खेलाडीलाई त पानी पनि नदिनु..

Image
Nisarga Hospital

तिमी आफैलाई आफै सम्मान दिनु
तिमि आफै प्रमुख अथिती भएको
आफै उद्घोष गर्नु , आफै ताली बजाउनु
तिम्रा ति पापी सोच भएका भतिजहरुलाई
विशिष्ट अथिती बनाउनु , अबिर लगाउनु
तिम्रा भाइहरुलाई अथिती वनाउनु!

CP Hospital Dhangadhi

जान्ने होस् या नजान्ने तिम्रो गुलाम भए भयो
त्यही गुलामलाई अम्पायर राख्नु
जसलाई जिताउन मन लाग्छ जिताउनु
जसरी खेलाउन मन लाग्छ खेलाउनु
दर्शकलाई घाममा सुकाउनु
कुनै समाजसेवी जान्ने बुझ्ने
त्यहाँ आयो भने आँखा तर्नु
कोहि बुढापाका ,गेम हेर्न आयो भने
बस्ने बेन्च, कुर्ची नदिनु
एउटा ढुङ्गा दिनु!

तिम्रा झोलेहरुलाई बस्न कुर्ची दिनु ,
बेन्च दिनु , खाजा दिनु , चिया दिनु,
प्रहरी प्रशासन ,पत्रकार साथिहरुलाई पनि बोलाउनु ,
दिनभरी खटाउनु भोकै राख्नु ,
खेलाडीलाई त पानी पनि नदिनु !

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

धन्यवाद रचना पढ्नु भएकोमा अब दोस्रो रचना पनि पढौ..

२.. अनि म कसरी राम्रो हुन सक्छु
सबैलाई गलत काम गर्न आग्रह गर्छु
एक आपसमा झै झगडा हुने काम गराउँछु
गरिव सर्व साधारण माथी अन्याय ,
अत्याचार भएको हेर्न चाहन्छु,
सामन्ती पन कायम रहनुपर्छ भन्छु
ठेका पक्का, साना तिना बिकास कार्यको लागि
आएका बजेट हरु लगायत हरेक कुरामा
घुसखोरी ,भ्रष्टाचार हुनुपर्छ भन्ने नारा लगाउछु
सत्य काम गर्नेको खुट्टा काटौँ भन्छु ,
पापी काम गर्नेलाई सधैं सम्मान दिउँ भन्छु
समग्रमा भन्नुपर्दा /
मैले बिकृती बिसङ्गती बढाउनमा धेरै राहत पुर्याउँछु!
म पागल हो म मूर्ख हो !
अनि म कसरी राम्रो हुन सक्छु!

पारस भट्ट प्यासी –
सुदुरपश्चिम बैतडी

Dhnagadhi & Krishanapur