षड्यन्त्रको जालमा परे हिरासतमा, नखाएको बीस मलाई लागेको छ..

Image
Nisarga Hospital

मुक्तक १
करोडौं सहयोग गरे तर चोरी लगेको आरोप लाग्यो
करोडौं करोडौं सहकारी बाट ठगेको आरोप लाग्यो
म सधैं खुल्ला दिसा मुक्त गरौँ भन्दै हिंडिरहेको थिए,
बिडम्पना आज मलाइ नैं बाटोमा हगेको आरोप लाग्यो!

CP Hospital Dhangadhi

मुक्तक २
कसैको धन सम्पती चोरेर ठगेर खाएको मन पर्दैन
मलाई पनि त भ्रष्टाचारिहरुले न्याय पाएको मन पर्दैन
सके दोषीलाई कार्वाही गर्नु नसके निर्दोषलाई नसताउनु,
हे सरकार मलाई निर्दोष मान्छे फसाएको मन पर्दैन!

मुक्तक ३
भ्रष्टाचार घुसखोरी अधिक छ दु:ख लाग्छ
कानुन पनि पैसामा बिक्छ दु:ख लाग्छ
न्यायालयले पनि साँचो कुरा सुनिदिदैन
झुटो कुरा लामो समय टिक्छ दु:ख लाग्छ

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

मुक्तक ४
आरोप खेपेको छु मुद्दा चलेको छ
नखाएको बीस मलाई लागेको छ
षड्यन्त्रको जालमा परे हिरासतमा
हिजो आज यो मन धेरै रोएको छ

मुक्तक ५
अझै आश मरेको छैन न्याय पाउनेछु
जनताको सामु छिट्टै फर्की आउने छु
एक पटक भएपनी म सत्तामा पुगे भने,
एक एक भ्रष्टहरुलाई जेल पठाउनेछु !

पारस भट्ट प्यासी –
सुदुरपश्चिम बैतडी

Dhnagadhi & Krishanapur