सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

यिनै शब्द भविश्यका प्रतिफल भए,
तिमिले स्वर मिसाएपछि गजल भए।
लगाउँन पुगेंछु हिमाल सँग साइनो,
त्यसैले अंमर भए अनि अटल भए।
थाकिएको वेलामा लालि गुराँश हर्दा,
नशानशामा रगत उस्तै सलबल भए।
सोंच्छु कस्तो शक्ती छ सगरमाथामा,
साम्राज्यवादीहरू पनि तलतल भए।
यो देशकै माटो औषधी जस्तै लाग्छ,
कयौँ दुष्ट यो देशबाट नै ओजेल भए।
जसले हामिलाई सिद्धाउँने प्रयासगरे,
उनि यही माटोमा आएर घायल भए।

CP Hospital Dhangadhi

॥१॥

जनता मरायो यहाँ सक्यासम्म अत्याचार गरायो
यो राजनीतिले पनि किन नराम्रो व्यवहार गरायो।
nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
बुढ्यौली पेन्शिन पाउँनपनि पार्टी ज्वाइन गर्नुपर्ने,
यस्तो दबाव मूलक हाम्रो देशको आधार गरायो।
तिमी भन्छौँ गरिबकै सत्ता हुनुपर्छ कुन आधारमा,
यहाँ धनमानले आफ्नै अधिनमा यो संसार गरायो।
कतैछैन न्याय निसाब गरिबको लागि हिंजो आज,
राजनीति पेसा गरायो नैतिक्ताको व्यापार गरायो।
यिनै त हुन देशलाई सुइट्जरलैण्ड बनाउँछु भन्थे,
आज यिनै नेताहरूले देशलाई नाङ्गे झार गरायो।
स्वास्थ रहौँ मस्त रहौँ भनेर जती नारा लगाए पनि,
व्यवहार यस्तो भयो जस्ले समाजनै विमार गरायो।
॥२॥
सबैलाई खुसि लाग्छ स्वास्थयमा सुधार भए
कसरी निको हुन्थ्यो व्यवस्थानै बिमार भए।
डाक्टर यस्ताछन् की अल्लमल्ल पार्दिन्छन्,
महिनौँ निको हुँदैन रूघा खोकी,भुखार भए।
कसलाई भनौँ मनको दुखेसो कसले सुन्ला,
अपराधीका नाइके देशभित्रको सरकार भए।
जसले नसिहत दिन्छन् स्वर्ग र नर्कका यहाँ,
अचेल उनै सरकारका साख्खै बफादार भए।
अब नैतिक्ताका कुरा नगरे हुन्छ हाम्रो देशमा,
नीति सिध्दान्त् आलुकै भाउमा व्यापार भए।
जो भ्रष्टाचारी हो कालो बजारी हो दलाल हो,
उनैका पक्षपोषण गर्ने धेरैजसो अखबार भए।
॥३॥

जसले प्राण दिए कहाँ उन्काबारे छलफल हुन्छ,
हाम्रो देशभित्र त जहिले पनि रगतकै भल हुन्छ।
बाँचेकाहरू कहिले सडक कहिले सदन तताए,
सत्ता र भत्ताकै लागि यो दिनानुदिन कल हुन्छ।
जसरी पनि कुर्चि चाहियो सत्ता साझेदारी पनि,
नत्र कुर्ची नपाए पछि दिनदिनै दलबदल हुन्छ।
जसले देश र जनताको भलो गर्ने कसम खायो,
सत्तामा पुग्दा बित्तिकै सम्पति चल अचल हुन्छ।
किसान सधैँ खेतबारीमा हाड छाला खियाउँदा,
सरकार मौन छ न सिंचाई न बेलामा मल हुन्छ।
सरकार काम गर्न नजानेर आज ऋणमा पर्यो,
जनता हुन् देशका निर्माता फैसला अटल हुन्छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८ 

Dhnagadhi & Krishanapur