कविता – म अविवाहित

Image
Nisarga Hospital

उ कसकी छोरी थिई ,उ कुन ठाउँकी थिई,
उसले के गर्थी ,उ कहाँ बस्थी
उसको नाम के थियो ,
मलाई केही पनि थाहा थिएन
उसलाई कहिले देखेको पनि थिएन
पहिलो पटक देखेको हो
बस उसलाई देख्ने बितिक्कै
मैले मन पराएको हो !

CP Hospital Dhangadhi

उसको बिवाह भएको पो थियो कि ,
उसको कुनै प्रेमी पो थियो कि
केही थाहा थिएन
कहिले बोलेकी पनि थिएन
मैले चिनेको पनि थिएन!

बा आमाले बुहारी चाह्यो भन्नुहुन्छ
रातदिन विवाहकै कुरा गर्नुहुन्छ
मेरो लागि दस ओटा कन्या खोजी सक्यो
म उसैलाई खोजिरहेको छु!

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

मलाई अलिअलि याद छ
उसको गालामा कालो कोठी थियो
अनुहार गोरो गोरो थियो
घुम्रिएको कपाल थियो
शरीरमा रातो कुर्ता सुरुवाल थियो
हातमा रुमाल थियो
रुमालको भित्र सानो मोबाइल थियो
एक्लै हिँडिरहेकी थिई
ढुङ्गासँग ठेस लागेर उ लडेकी थिई
मैले उठाइदिएको थिए!

उसलाई देखेको दिन म बिस वर्षको थिए!
अहिले पच्चीस वर्षको भइसके
उसलाई खोज्दा खोज्दा थाकिसके
खोज्न छोडेको छैन
उसलाई भेटेको छैन
रत अरु कसैलाई हेरेको छैन
मैले विवाह गरेको छैन
म छु धेरै पीडित
म अविवाहित

पारस भट्ट “प्यासी ”
सुदुरपश्चिम बैतडी

Dhnagadhi & Krishanapur