
बर्ष दिनको काजबार मेलौली जात्रा हेर्न आए
जात्रामा थुप्रै राँगा, बोकासँग मेरो भेट भयो।
मलाई देख्नासाथ राँगा ,बोकाहरु हर्षका आँसु बरबरी खसाल्न थाले
एउटा राँगोले दाइ भन्यो,
एउटाले भाइ ,भन्यो
एउटाले अंकल भन्यो
मलाई भक्कानो छोडेर रुन मन लाग्यो!

म त कोमल हिर्दयको मान्छे ती रागाँ बोकाहरू सँगै रुन थाले
राँगा बोकाहरुले भन्नुभयो तपाईं नै रोए हामीले कसरी आँसु रोक्ने?
तपाईंलाई देखेर हाम्रो बाच्ने आस पलाएको छ!
तर बाच्ने सम्भावना निकै कम छ!!
हामिले हाम्रो घाँटिमा रेटिने हतियार देखिसकेका छौ
मन मनै त हामी आज सम्म कै रहेछ जिन्दकी बुझिसकेका छौँ!
एउटा राँगाले सोध्यो
अंकल के हामिलाई नकाटी तपाइँका गाउँबासिलाई खुसी मिल्दैन ?
दोस्रो राँगाले सोध्यो
दाई हामिलाई मारेर
हाम्रो घाँटी काटेर ,रकताम्य बनाएर
तपाईको गाउँबासिले के पाउनुभयो ?
अनि तपाईले त सधैं हामिलाई
माया गर्नुहुन्छ काट्नुहुन्न ,
तपाईंलाई केको कमि छ?!




फेरि म भावुक बने र भने प्रीय राँगा बोकाहरुहो !
तिमी मर्न नडराव
तिमी सहिद भएर बाच्ने छौ
अबका तिम्रा संन्ताहरुले सुख पाउनेछन्
घाँटिमा छुरा पाउने छैनन्
यो मेरो बाचा भयो !
जसरि गंगालाल ,
दशरथ चन्द
बलभ्रद कुवर
धम्रभक्त माथेमा
शुक्रबार सास्त्री
देशमा शान्ती ल्याउनको लडे
परिवर्तन को लागि लडे सहिद बने”
त्यसरिनै बलि प्रथा अन्य र तिम्रा संन्तानहरुले
स्वतन्त्र भएर हाँसी खुसिसँग
बाँच्नुको लागि
तिमिहरुले पनि ज्यानको
बलिदान दिन नडारुँ
तिमिहरु अमर रहनेछौ
तिमिहरु सहिद हुनेछौ!
पारस भट्ट प्यासी
सुदुरपश्चिम बैतडी

































