
वर्ष दिनको काजबार मेलौली जात्रा हेर्न गए
जब जात्रामा थुप्रै राँगा, बोकासँग मेरो भेट भयो।
मलाई देख्नासाथ राँगा ,बोकाहरु
हर्षका आँसु बरबरी खसाल्न थाले
एउटा राँगोले दाइ भन्यो,
एउटाले भाइ ,भन्यो
एउटाले अंकल भन्यो
मलाई भक्कानो छोडेर रुन मन लाग्यो!

मत कोमल हिर्दयको मान्छे
ति रागाँ बोकाहरू सँगै रुन थाले
राँगा बोकाहरुले भन्नुभयो तपाईँ नै रोए
हामीले कसरी आँसु रोक्ने?
तपाईँलाई देखेर हाम्रो बाच्ने आस पलाएको छ!
तर बाच्ने सम्भावना निकै कम छ!!
हामिले हाम्रो घाँटीमा रेटिने हतियार देखिसकेका छौँ
राँगा बोकाहरु मन मनै भन्न थाले
हामी आज सम्म कै रहेछौँ
हाम्रो जिन्दकी देखिसकेका छौँ
बुझिसकेका छौँ!
एउटा राँगोले सोध्यो
अंकल के हामिलाई मन्दिरमा नकाटेर
तपाईँको गाउँवासीलाई खुसी मिल्दैन ?
दोस्रो राँगोले सोध्यो
दाइ हामिलाई मारेर हाम्रो घाँटी काटेर ,रकताम्य बनाएर
तपाईँको गाउँवासिले के पाउनुभयो ?
अनि तपाईले त सधैं हामिलाई माया गर्नुहुन्छ
मार्नुहुन्न ,काट्नुहुन्न ,तपाईँलाई केको कमि छ?
के कुरा अपुग छ?!




फेरि म भावुक बने र भने प्रीय राँगा बोकाहरुहो !
तिमी मर्न नडराउ
तिमी सहिद भएर बाच्ने छौ
अबका तिम्रा संन्ताहरुले सुख पाउनेछन्
घाँटीमा छुरा पाउने छैनन्
यो मेरो बाचा भयो !
जसरि गंगालाल ,
दशरथ चन्द
बलभद्र कुवर
धर्मभक्त माथेमा
शुक्रराज सास्त्री
देशमा शान्ती ल्याउनको लडे
परिवर्तनको लागि लडे सहिद बने”
त्यसरिनै बलि प्रथा अन्त्य र तिम्रा संन्तानहरुले
स्वतन्त्र भएर हाँसी खुसिसँग
बाँच्नुको लागि
तिमिहरुले पनि ज्यानको
बलिदान दिन नडराउ
तिमिहरु अमर रहनेछौ
तिमिहरु सहिद हुनेछौ!
पारस भट्ट प्यासी
सुदुरपश्चिम बैतडी

































