डाँडापारी गाउँको जात्रा भन्दा टिकटक जात्रा रमाइलो हुन्छ..

Image
Nisarga Hospital

लक्ष्मण बजारबाट घर फर्किंदै थियो। बीच बाटोमा उसको साथी रामुसँग भेट भयो।
“कता जान लागेको?” लक्ष्मणले सोध्यो।
“डाँडापारी गाउँको जात्रा हेर्न जाँदै छु,” रामुले भन्यो।
“एक्लै जाने हो त?” लक्ष्मणले फेरि सोध्यो।
“तिम्रो घर गएको थिएँ। आमाले रामुत बजार गएको छ भनिन्। त्यसपछि एक्लै हिँडेको,” रामुले प्रस्ट्यायो।

CP Hospital Dhangadhi

लक्ष्मणले मुस्कुराउँदै भन्यो, “म घरमा भए पनि जाने थिइनँ, यार। जात्रा त म दिनदिनै हेर्छु।”
रामु छक्क पर्‍यो। “कसरी हेर्छस् र दिनदिनै? जात्रा त आज मात्रै लागेको छ!”
लक्ष्मणले मोबाइल निकाल्दै मुस्कुरायो। “तिमीले टिकटक चलाएका छैनौ?”
“छैन,” रामुले भनी हाले।

“त्यसो भए आउ, बस् यता। टिकटकमा कस्तो कस्तो जात्रा देखिन्छ, देखाउँछु,” लक्ष्मणले उसलाई नजिकै बोलायो।
लक्ष्मणले रामुलाई टिकटकका रमाइला भिडियोहरू देखाउन थाल्यो। रामु पहिलो पटक टिकटक हेर्दै खुब हाँस्यो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

“के को हल्ला-खल्ला हो?” भन्दै बाटोमा हिँडिरहेका मान्छेहरू रामु हाँसेको ठाउँमा भेला हुन थाले।
टिकटक हेरेर हाँसेको देख्दा अरू पनि हाँस्न थाले। एकछिनमै ठूलो भिड जम्यो। मान्छेहरूले नाच्न, गाउन, भिडियो बनाउन थाले।बाटोमै जात्रा लागेझैँ भयो।

रामुले उत्साहमा नजिकैको मोबाइल पसलबाट नयाँ मोबाइल किन्यो र टिकटक चलाउन थाल्यो।
साँझमा घर फर्किंदा, रामुको बुबाले सोधे, “जात्रा हेर्न गएनौ त, छोरा?”
“डाँडापारीको जात्रा भन्दा टिकटक जात्रा रमाइलो हुन्छ, बुबा। बाटोबाटै फर्किएँ,” रामुले हाँस्दै भन्यो।
“ठेकी ल्याएनौ त?” बुबाले सोधे।
रामुले उत्साहले भन्यो, “त्यसका लागि दिएको पैसाले नयाँ मोबाइल किनेर टिकटक खोलेँ, बुबा!”

बुबाले आश्चर्य मान्दै भने, “स्याबास, छोरा! जे गरे पनि हाम्रो खान्दानको इज्जत राखेर काम गर।”
रामुले मुस्कुराउँदै भन्यो, “बुबा, मान्छे राख्नुपर्दैन। हामी सबै परिवार नाचेर, गाएर भिडियो बनाउँछौँ। भाइरल हुन्छौँ, अनि पैसा कमाउँछौँ!”

त्यस दिनदेखि रामुको घर नै टिकटक जात्राको केन्द्र बन्न थाल्यो। परिवारका सबै सदस्य नाच्ने, गाउने र भिड बनाएर भिडियो बनाउने भए।
गोठका गाईबस्तु बेचिए। खेतहरू बेचिए। नयाँ-नयाँ मोबाइल किनिए। दिनहुँ भिडियो पोस्ट गर्न र लाइभ बस्न थाले।
तर पनि एक सुको कमाइ भएन। समय र सम्पत्तिको मात्र नाश भयो।

अन्ततः अरुको देखासिकीले रामुको परिवारको बेहाल बनायो। टिकटक जात्राको धुनमा उनको जीवन भरखरै सुरु भएको विनाशको गाथा बन्यो।

– पारस भट्ट ‘प्यासी’
सुदूरपश्चिम, बैतडी

Dhnagadhi & Krishanapur