दार्चुलाको टिङ्कर सडकका लागि बजेट थपिने

Image
Nisarga Hospital

महाकाली कोरिडोर अन्तर्गत निर्माणाधीन दार्चुला–टिङ्कर सडकको रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल नेतृत्वको टोलीले निरीक्षण अवलोकन गरेको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत आएको टोलीमा मन्त्रीद्वयसँगै नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देललगायत सरकारी अधिकारीसमेत रहेको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । सामरिक महत्वको टिङ्कर सडक निर्माणमा लक्ष्य अनुसार प्रगति हुन नसकेको गुनासो बढेका बेला मन्त्री नेतृत्वको टोली बुधबार निरीक्षण गरेर फर्किएको हो । दार्चुलाका प्रजिअ जोशीका अनुसार टिङ्कर सडक निरीक्षणपछि अहिले महाकाली कोरिडोर अन्तर्गत रहेकोमा दार्चुला–टिङ्कर सडकलाई छुट्टै आयोजना बनाएर आवश्यकता अनुसार थप बजेट विनियोजन गरेर पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने निर्णय भएको छ ।

CP Hospital Dhangadhi

“अहिले सडकको ट्र्याक खोल्ने कामलाई निरन्तरता दिने निर्णय भएको छ,” उनले भने, “चिसो घटेपछि चैत–वैशाखदेखि छाङरु–टिङ्करमा समेत मेसिन प्रयोग गरेर दुवैतर्फबाट सडक निर्माण गर्ने तयारी छ । आवश्यक बजेट व्यवस्थापन गरेर अबको पाँच वर्षमा टिङ्करसम्म सडकको ट्र्याक निर्माण गरिसक्ने मन्त्रीद्वयले प्रतिबद्धता जनाएका छन्।”

टिङ्कर सडक आयोजनाका लागि चालु आर्थिक वर्षमा सरकारले नौ करोड रुपियाँ बजेट मात्रै विनियोजन गरेको छ । सो रकमले १।८ किलोमिटर नयाँ ट्र्याक खोल्ने र १।२ किलोमिटर सडक स्तरोन्नति गर्ने लक्ष्य सेनाको सैनिक प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीले बताए । थोरै बजेट भएकाले चाहेर पनि धेरै काम गर्न नसकिएको उहाँको भनाइ छ । “यो सडक कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्करसम्म ४२५ किलोमिटर लामो छ । यसमा सडक विभागले बनाउन नसकेको अप्ठ्यारो खण्ड तुसरपानी–टिङ्करमा ७९ किलोमिटर सडकको काम नेपाली सेनालाई दिइएको छ । यही गतिमा सडक बनाउने हो भने निर्माण सम्पन्न गर्न वर्षौं लाग्छ,” उनले भने, निर्माण कार्य छिटो सक्न पर्याप्त बजेट र उपकरण बढाउनु पर्छ । त्यो हुन सकेको छैन । पर्याप्त बजेट भए तोकिएकै समयमा काम सक्न समस्या नहुने उहाँको भनाइ छ ।”

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur