

मुक्तक १
कत्ती पनि भरौसा भएन अब नेताको
रत नेपालमा इज्जत रहेन अब नेताको
सधैव झुटको खेती मात्रै गर्ने जनता ठग्ने
मैले त राम्रो नियत देखेन अब नेताको
मुक्तक २
काम जिरो गर्ने गफाडी नेता जन यहाँ
जनताका दुख जनतालाई नै छन् यहाँ
किर्तिपुर डाँडैमा बसि लाखौँ कमाउने रे
जनतालाई दिन्छन् झुटा आश्वासन यहाँ

मुक्तक ३
सगरमाथा छुनुपर्ने भुइँमा खसेको देख्छु
चुरोट गुट्का खाने आदत बसेको देख्छु
पढ्न लेख्न शिक्षा लिन स्कुल गएका हुन्
विद्यार्थी त मायामा मोहमा फसेको देख्छु
मुक्तक ४
किताब बोक्न छोडी मोबाइल छन् हातमा
दिनभरि डेटिङ हुन्छ च्याटिङ हुन्छ रातमा
अहिलेका विद्यार्थी कत्ती प्रेमिल भएका
रात काट्छन् ननिदाएरै मीठा मीठा बातमा
मुक्तक ५
बेकामे भएर डुल्ने, बजार धाउने छोराले
प्रगति गर्न सक्दैन केटी जिस्काउने छोराले
जीवनमा कहिले पनि खुसी पाउन सक्दैन
जन्म दिने आमाबाबुलाई रुवाउने छोराले

मुक्तक ६
मान्छे हौइनौ कुहेको बोरा तिमी भन्नेछन्
कस्तो पागल भयौ मोरा तिमी भन्नेछन्
दिनरात रक्सी खाएर घरमा आतंक गरे
आमाबुबाले कुलङ्गार छोरा तिमी भन्नेछन्
मुक्तक ७
सबैलाई फाप्दैन प्रदेशको रहनसहन पनि
याद आउँछ घर परिवारको रुन्छ मन पनि
देखासिकी भन्दा आफ्नै ठाउँमा केही गरौँ
निकै कष्टकर नै हुन्छ प्रदेशी जीवन पनि
मुक्तक ८
दिन गन्दै बस्नुपर्छ सुखका दिन आउने
चिन्ताले सताउँछ कसरी पो खुसी पाउने
घरमा त दुःख पर्दा आमा भन्न मिल्छ
प्रदेशमा दुःख परे कसलाई बोलाउने
मुक्तक ९
बजारको सडे गलेको सागसब्जी लाने हरु
आफ्नो खेत बाजो छोडी किनेर खाने हरु
एकदिन अवश्य पछुताउनेछन् हेर्दै जानुस्
सारा गाउँघर रित्तो पारी सहरतिर जाने हरु
मुक्तक १०
मेहेनत गर्ने पाखुरा चलाउने किसानलाई सम्मान छ
सबै मान्छेको प्राण बचाउने किसानलाई सम्मान छ
जनता ठगी मन्त्री प्रधानमन्त्री भएका हरुलाई भन्दा
खेत जोत्ने हलो समाउने किसानलाई सम्मान छ
पारस भट्ट “प्यासी”, मेलौली
दुई “सुन्दर भुमी”, सेली बैतडी





























