सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

वेइमानको बस्तिमा इमान कहाँ खोज्छौ,
मुर्दाको सरिर भित्र प्ररान कहाँ खोज्छौ।
अचेल कात्रो चोरहरूको बिगबिगी यहाँ,
आफैमा लुकेको समाधान कहाँ खोज्छौ।
साथि बनेर मनभित्र विराजमान् हुन्छन्,
लिन्छन् प्ररान त्यो उखान कहाँ खोज्छौ।
हेरौँ त यो देशको नक्सा अनि इतिहास्,
देशको इतिहासको रटान कहाँ खोज्छौ।
पूर्वजहरू नालापानीमा देखाए विर गती,
हिंजोआज त्यस्तै योगदान कहाँ खोज्छौ।
नव लैण्डुपहरू कै बिगबिगी भयो देशमा,
देशभक्तको दशमा जहान कहाँ खोज्छौ।

CP Hospital Dhangadhi

॥१॥

सुनेर साथ दिनु है हजूर गजल मेरो,
गुनोसो छैन नसुने नि छलफल मेरो।
nawajiwan
यो त मनको भाव हो पोखेको हुन्छु,
रहेकै छ साहित्यमै इरादा अटल मेरो।
शब्द -शब्द जोडेर सुनाउँछु कहानी,
मन्मा कति रहेछन् वर्षाकै भल मेरो।
कोसिस् यही समाज बदल्न खोज्दा,
गराउने छ कुनै शब्दले हलचल मेरो।
कसले चिन्थ्यो यो गरिबलाई याहाँ,
शब्द साथिबनेर आयो असल मेरो।
॥२॥
Attariya Hospital
समाजलाई म मरेपनि खास फरक पर्दैन,
थुप्रै बसेकाछन् देशमा बास फरक पर्दैन।
अरबको खाडीभित्र ज्यान् छोराको जाँदा,
देशमा आमाको जिउँदै लाश फरक पर्दैन।
चिन्ता नगर सरकार भ्रष्टाचारी भयो भन्दै,
नखाए रक्सी मासु एकगास फरक पर्दैन।
निदार खुम्चाएर सोचौँ त नागरिक हामी,
कहिल्यै नबन्दा कसैको दाश फरक पर्दैन।
प्रकृतीले दिएको छ स्वर्ग तुल्य देश हाम्रो,
नभए पनि यो सुख्खको रास फरक पर्दैन।
जनता देश हाम्रो हो जोगाउँने पनि हामी,
नेतालाई देशकै भएपनि नाश फरक पर्दैन।
सुरेशकुमार पाण्डे दाङ घोराही १८