सुरेशकुमारका केही उत्कष्ठ गजलहरु

Image
Nisarga Hospital

सबैले माला खोज्छन् सुनका बाला खोज्छन्,

CP Hospital Dhangadhi

उस्तै स्विकिय सचिब नेताले  साला खोज्छन्।

छिमेकी पनि अचम्मको सहयोगी पाएका छौँ,

nawajiwan

मन्त्रीहरू भने उनि आफ्नै गोठाला खोज्छन्।

छोराको पर्वरिशमा मृगौला बेचेका बाबा भने,

उनिहरू ठुला भए मदिराका प्याल खोज्छन्।

अक्सर सोच्थेँ  धेरै सन्तान् भए हुन्छौँ बलिया,

आज उनै एकअर्कालाइ मार्न भाला खोज्छन्।

उत्पादन शून्य छ  देशको सम्पत्ती बेचेर खाए,

Attariya Hospital

रूवाबास छ उनै हिंगबानेका  टाला खोज्छन्।

सरकारले विकास नगर्दा देश युवाविहिन भयो,

अब बचेका सरकारी साधनले ताला खोज्छन्।

॥१॥

हामी यही छौँ समयको धार बगिरहन्छ,
रोकिदैन त्यो समय लगातार बगरिहन्छ।
मानिसले तितो मिठो अनुभव सङ्गालदै,
मूल गन्त्यको त्यो इन्तिजार बगिरहन्छ।
जीवित छँदा आदानप्रदान् शुभकामना,
मनबाट मायाँ प्रेमकै उपहार बगिरहन्छ।
केदिनु छ केलिनु छ सेवाय मिठो बोली,
हामि बिनापनि त यो संसार बगिरहन्छ।
लोभ लालच आलसकै उपज हो साथि,
रोकिदैन पसिनाको व्यापार बगिरहन्छ।
मानव चोला पनि त पानीकै धार झैँ हो,
शमुन्दरमा गरिब र साहुकार बगिरहन्छ।
जे हौस् पुरानो वर्ष जान्छ आउँछ नयाँ,
शुभकामना सबैमा यो प्यार बगिरहन्छ।

॥२॥

किन नागरिकलाई सधैँ महंगीको उपहार हुन्छ,
यस्तै हुन्छ जहिले सम्म देशभित्र भ्रष्टाचार हुन्छ।
प्रयास कथा सुनाई श्रमजिविहरूको घांटी शेर्ने,
यो पुँजिवादी व्यवस्था देखेर सधैँ दिक्दार हुन्छ।
भन्छन् हामी स्वतन्त्र लेख्छौँ देश र जनताकै हौ,
तर धेरैजसो पार्टीहरूका मुखपत्र अखबार हुन्छ।
अचेल इमानदार कुहिरोको काग देखिनै छाड्यो,
सम्मानित त भ्रष्टाचारी र उनकै सल्लाकार हुन्छ।
हामिले अतिक्रमणको जतिसुकै बिरोध गरेपनि,
विदेशीलाई दलालहरूकै सहयोग लगातार हुन्छ।
जनताले चुनेर पठाउँछौँ सदनमा केही गर्छ भन्दा,
विदेशीको दलालि गर्न नपाउँदा मारामार हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८