प्रवासमा रहेका युवा बचत समूहद्वारा डडेल्धुरामा न्यानो लुगा र शैक्षिक सामग्री वितरण

Image
Nisarga Hospital

डडेलधुरा: परशुराम नगरपालिका–३ स्थित जनज्योति प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई प्रवासमा रहेका नेपाली युवाहरूको बचत समूहले न्यानो लुगा र शैक्षिक सामग्री वितरण गरेका छन्।

CP Hospital Dhangadhi

समूहले आर्थिक अभावका कारण अध्ययनमा कठिनाइ झेलिरहेका विद्यार्थीहरूको सहायताका लागि अभियान सञ्चालन गर्दै न्यानो कपडा, कापी, कलम लगायतका शैक्षिक सामग्री उपलब्ध गराएको हो। यो सहयोग अभियानले विशेष गरी जाडो याममा आवश्यक पर्ने न्यानो कपडाले विद्यार्थीहरूको स्वास्थ्य र सिकाइ प्रक्रियामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, जनप्रतिनिधि ,शिक्षक, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका क्रममा समूहका अध्यक्ष तपराज सिंह बिष्टले भने, “विद्यार्थीहरूलाई शिक्षाको पहुँच सुनिश्चित गर्न हाम्रो तर्फबाट सानो प्रयास गरेका छौं। यसले उनीहरूको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउने आशा छौ।”

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

विद्यालयका प्रधानाध्यापक हिक्मत सिंह धामीले समूहप्रति आभार व्यक्त गर्दै भने, “यस सहयोगले हाम्रा विद्यार्थीहरूलाई पढाइमा प्रोत्साहन मात्र हैन, जाडो मौसममा सुरक्षित राख्न पनि मद्दत गर्नेछ।”

यस प्रकारका सहयोगले शिक्षाको महत्व र मानवताको भावना प्रकट गर्ने मात्र नभई प्रवासमा रहेका नेपालीहरूको आफ्नो जन्मभूमिप्रतिको निष्ठा र सेवाभावलाई झल्काउँछ। समूहले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरू जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छन्।

Dhnagadhi & Krishanapur