सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

घर छाड्यौँ सुख्खको न कुनै सहर मिल्यो,
भाग्य हो वा कर्म केवल यो सफर मील्यो।
गुमायौँ त्यो बालपन गुमायौँ हामी जवानी,
डुब्नै लागेको झैँ सुर्य भयौँ न रहर मिल्यो।
दिन रात सेवागर्दा खान र लगाउँन नपुग्ने,
गुमनाम झैँ भएको चोला न कदर मिल्यो।
बनायौँ महल बनेर कर्मी भाडाको हामीले,
न पेटभरी गाना मिल्यो बसने घर मिल्यो।
गयो छोरा कमाउन छाड्यो बुढा आमा बा,
कहाँ गयो ऊ जिउँदो मर्दो न खबर मिल्यो।
कसैलाई यो धर्ती मिल्यो र आकास समेत,
कसैलाई मरेपछिपनि घाट न बगर मिल्यो।

CP Hospital Dhangadhi

॥१॥

बद्लिन्छन् दिन महिना र वर्षहरू लगातार सफरमा,
सबैलाई उस्तै हुन्छ गन्तव्यको इन्तिजार सफरमा।
उही पुग्छ जो समयलाई चिन्यो बुझ्यो त्यसको मूल्य,
आउँछन् हजारौँ चुनौती गर्नैपर्छ स्वीकार सफरमा।
शंघर्ष त मैले पनि गर्छु र यो घडीले पनि गरैकै हुन्छ,
यही शंघर्ष त हुन्छ जीवनमा दौड्ने आधार सफरमा।
जिन्दगीमा ठोक्कर नखाएका धारिला कहाउँन्छन र,
बन्छ घनको चोट झेल्ने नै धारिलो तरवार सफरमा।
कसैको लागी ठिक रह्यो र कसैलाई वेठिक जाने वर्ष,
शुभ कामना सबैलाई रहौँ समयकै बफादार सफरमा।
अलबिदा अंग्रेजी वर्ष चौबीश स्वागतम् पच्चिस् लाई,
अबको पालो हुनेछा बितेकै वर्षको चिरफार सफरमा।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

॥२॥

सबैले माला खोज्छन् सुनका बाला खोज्छन्,
उस्तै स्विकिय सचिब नेताले साला खोज्छन्।
छिमेकी पनि अचम्मको सहयोगी पाएका छौँ,
मन्त्रीहरू भने उनि आफ्नै गोठाला खोज्छन्।
छोराको पर्वरिशमा मृगौला बेचेका बाबा भने,
उनिहरू ठुला भए मदिराका प्याल खोज्छन्।
अक्सर सोच्थेँ धेरै सन्तान् भए हुन्छौँ बलिया,
आज उनै एकअर्कालाइ मार्न भाला खोज्छन्।
उत्पादन शून्य छ देशको सम्पत्ती बेचेर खाए,
रूवाबास छ उनै हिंगबानेका टाला खोज्छन्।
सरकारले विकास नगर्दा देश युवाविहिन भयो,
अब बचेका सरकारी साधनले ताला खोज्छन्।
सुरेशकुमार पाण्डे दाङ घोराही १८

Dhnagadhi & Krishanapur