सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

के भनौँ वेला न कुवेला उस्तै झमेला छ,
लग्छ जताततै यो मेला उस्तै झमेला छ।
माग्ने माग्छन् यही एउटा जिन्दगी पनि,
देखिन्न हातमा परे ठेला उस्तै झमेला छ।
आमूल परिवर्तनकै लागि लड्यौँ देशमा,
आए फेरी उनैका चेला उस्तै झमेला छ।
खाद्यान् पनि कस्ता चामल बाजार भरी,
बिक्छ पलास्टिक सेला उस्तै झमेला छ।
गणतन्त्र आएपनि विकाश शून्य छ यहाँ,
दान कसैले देला नदेला उस्तै झमेला छ।
नसोचे यो पटकमा सफाभयौँ भ्रष्टाचारी,
पर्नसकिन्छ फेरी फेला उस्तै झमेला छ।

CP Hospital Dhangadhi

॥१॥

यहाँ नीतिगत संस्थागत भ्रष्टाचार हुनथाल्यो,
दलालि गरेर हात्तिछाप साहुकार हुनथाल्यो।
nawajiwan
कसरी जोगाउँ हामिले यो देशको स्वाभिमान,
न्यायलय नै अपराधीको बफादार हुनथाल्यो।
भ्रष्टाचार उस्तैछ महंगी उस्तै छ तर काम छैन,
नागरिकलाई बिद्रोह गर्ने आधार हुनथाल्यो।
अपबित्र हुन्छ गठबन्धन् उस्तै सत्ता साझेदार,
उत्पादन शून्य देश विदेशी बाजार हुनथाल्यो।
आज धनमानको छ रजाईँ कामको छैन भेलु,
स्वार्थको आगोमा दनदन् संसार हुनथाल्यो।
॥२॥
सबैकाम कार्वाहिमा किन हामिलाई हतार हुनेगर्छ,
जबकी यस्तो व्यवहार सङ्कटको आधार हुनेगर्छ।
बालबालिका पनि मन लगाउँदैनन् अचेल पढाइमा,
स्कुलमा पनि राजनीतिमै अनौठा व्यवहार हुनेगर्छ।
देशमा भ्यूटावर बन्छन् धन् खर्च हुन्छन् मन्दिरमा,
विकासकै नाउमा समाजभित्र ठुला दरार हुनेगर्छन्।
Attariya Hospital
पाप धर्म स्वर्ग नर्कका कुरा गर्छन् अचेल घर घरमा,
जो ठग अपराधी उनै समाजमा साहुकार हुनेगर्छन्।
ज्ञानका कुरा सुनाउँदै इमानको बाटो देखाउँनु भयो,
आमाले तर अचेल ठग नेताका बफादार हुनेगर्छन्।
गरिबले घर बनायो अरूका लागि नेताले भोट लग्यो,
श्रमजिविको सधैँ पसिना र सपनाकै व्यापार हुनेगर्छ।
॥३॥

सुरेशकुमार पाण्डे दाङ घोराही १८