धनगढीको त्रिनगर हाटबजार अबदेखि सातै दिन सञ्चालन हुने

Image
Nisarga Hospital

धनगढीस्थित त्रिनगर हाटबजार अब सातै दिन सञ्चालनमा आउने भएको छ। धनगढी उपमहानगरपालिका-१, वनदेवी मन्दिर छेउमा रहेको यस हाटबजारमा आइतवार, मंगलवार र शुक्रवार धनगढीका किसानले आफ्ना कृषि उपज बिक्री गर्नेछन् भने सोमबार, बुधवार, बिहीवार र शनिवार सबैका लागि खुला व्यापार गर्न अनुमति दिइनेछ। नगर प्रमुख गोपाल हमालका अनुसार किसानलाई तीन दिन विशेष व्यवस्था गरिएको छ भने अन्य चार दिन अन्य व्यवसायीहरूले पनि स्टल राख्न पाउनेछन्।

CP Hospital Dhangadhi

हाटबजार पहिले हप्ताको तीन दिन मात्र सञ्चालनमा आउँथ्यो र यसलाई किसान मण्डीका रूपमा सीमित गरिएको थियो। किसान कार्ड भएका व्यक्तिले मात्र यसमा व्यापार गर्न पाउने व्यवस्था थियो। तर, अब यो व्यवस्था परिवर्तन गर्दै फुटपाथमा व्यापार गर्न नपाएका व्यवसायीलाई पनि चार दिन व्यापार गर्न स्थान उपलब्ध गराइने निर्णय गरिएको छ। नगर प्रमुख हमालले फुटपाथ व्यापारीलाई त्रिनगर हाटबजारमा आउन र आफ्नो व्यापार सञ्चालन गर्न आग्रह गरेका छन्।

Attariya Hospital

‘आइतवार, मंगलवार र शुक्रवार किसानका लागि मात्र हाटबजार लाग्नेछ,’ उनले भने, ‘सोमबार, बुधवार, बिहीवार र शनिवार सबै प्रकारका व्यवसायीका लागि खुला गरिएको छ। हप्तामा चार दिन दाल, तरकारी, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्री बिक्री गर्न अनुमति दिइनेछ।’

nawajiwan

महिला उद्यमीलाई प्रोत्साहन गर्न उपमहानगरपालिकाले प्रत्येक शनिवार महिला उद्यमी मेला आयोजना गर्दै आएको छ। त्यसैगरी, युवा उद्यमीलाई प्रोत्साहन दिनका लागि खुलामञ्च क्षेत्रमा रात्रिकालीन मेला आयोजना गर्ने योजना रहेको छ। हाटबजार विस्तारले किसान, फुटपाथ व्यापारी र अन्य व्यवसायीलाई समान अवसर प्रदान गर्ने विश्वास नगर प्रमुख हमालले व्यक्त गरेका छन्।