२०८२ सालमा दशैं र तिहारको तिथिमिति सार्वजनिक, जानकारी लिनुहोस् !

Image
Nisarga Hospital

आगामी वर्ष २०८२ सालमा दशैं असोजमै परेको छ। यस वर्षको घटस्थापना असोज ६ गते पर्न गएको छ। दशैं असोजमै सुरू भएर सोही महिनामा सकिने छ। फूलपाती र कालरात्रि असोज १३ गते, महाअष्टमी असोज १४ गते, महानवमी असोज १५ गते, र कोजाग्रत पूर्णिमा असोज २० गते परेको छ।

CP Hospital Dhangadhi

यस वर्षको दशैं २०८१ सालको तुलनामा झण्डै दुई साताअघि परेको छ। २०८१ सालको घटस्थापना असोज १७ गते परेको थियो।

तिहारको तिथि पनि यस वर्ष अलि अघि सरेको छ। तिहारको धनतेरस कात्तिक १ गते परेको छ भने कात्तिक २ गते काग तिहार, ३ गते नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ। यो वर्षजस्तै आगामी वर्ष पनि कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ।

nawajiwan
Attariya Hospital

दशैं–तिहारजस्ता पर्वमा विदेशमा रहेका नेपालीहरू नेपाल आउने योजना बनाउन पञ्चाङ्ग पात्रोको माग बढ्ने गरेको छ। त्यस्तै, बिहे, व्रतबन्ध र अन्य धार्मिक कार्यक्रमका लागि पनि साइत हेर्न पञ्चाङ्गको आवश्यकता पर्ने भएकाले तिथिमिति निर्धारणमा चासो बढेको छ।

सम्बन्धित समितिले तिथिमितिको तयारी पूरा गरे पनि आधिकारिक रूपमा सार्वजनिक भने गरेको छैन। यस्तो जानकारीले चाडपर्वको व्यवस्थापन गर्न सजिलो बनाउने अपेक्षा गरिन्छ।