पश्चिमी वायुको प्रभावले कर्णाली र सुदूरपश्चिममा आंशिक बदली, हिमपातको सम्भावना

Image
Nisarga Hospital

पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यका र तराईका केही भूभागमा बिहानको समय हुस्सु लागेको छ।

CP Hospital Dhangadhi

कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने र उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Attariya Hospital

त्यसैगरी, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भने मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ। उच्च पहाडी र हिमाली क्षेत्रका बासिन्दालाई चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।

nawajiwan