
तिमी तक्दिरले बनाउँछौ तस्विर फर्क यत्ति छ,
मैले तक्दिर बनाउँन खोज्छु भिर फर्क यत्ति छ।
पुजा कामलाई गर्ने की पुजा गरेर काम खोज्ने,
समय बुझ्न नसक्दा लाग्छ पिर फर्क यत्ति छ।
उसले फलामको शाङ्गलोलाई नै बलियो ठान्यो,
बुझिन ताकत कुरितीको जञ्जिर फर्क यत्ति छ।
मलाई जुनकुरामा पछुतो छैन धिकार्छ त्यसैमा,
ऊ सधै छुक्छ मेरो झुक्दैन सिर फर्क यत्ति छ।
हाम्रो शङ्घर्ष हुन्छ बिचार कत्ति मिल्दैन साथी,
बिचार व्यवहारले खिच्यो लकिर फर्क यत्ति छ।

॥१॥
तिम्रै साथ पाएपछि जिवन सफर सुरू भयो
दुख्ख कष्ट चिर्दै मुस्कुराउँने अधर सुरू भयो।
सुनो थियो बञ्जर यही मनको आगनि रित्तै,
फूलैफूलको बगैचा मनभित्र डगर सुरू भयो।
न गरेको मनमा कल्पना न देखेको सपनिमा,
तिमिसँग जम्काभेटले साझा घर सुरू भयो।
कयौँ ठोकर तिरस्कारले मुर्झाएको मुसाफिर,
तिमी सँगकै भेट पछि जिउँने रहर सुरू भयो।
अनगिन्ति थिए मनभित्र घाउ अन्धकार उस्तै,
झुल्कियो किरण अंध्यारो चिर्ने चर सुरू भयो।
त्यो दिन सम्झिन्छु साथि जुनदिन भयौँ भेट,
त्यही दिनबाट सधै खुसिको खबर सुरू भयो।




॥२॥
बन्द गरौँ यस्तो विदेश नीतिले युवा वेघर हुनपुगे।
बञ्जर जमिन भयो र सुनसान गाउँ सहर हुनपुगे।
विदेशी भित्रिय स्वदेशी परदेश देश अस्थिर भयो,
अन्याय हुन्छ अत्याचार नेताहरू वेखबर हुनपुगे।
जनताहरू सबै आमूलपरिवर्तनका लागि लडेका,
अदुरदर्शियताले नै धरापमा खोला बगर हुनपुगे।
राजनीति गरौँ तर देशलाई सबैभन्दा माथि राखौँ,
विकाश छैन देश र जनता विदेशमै निर्भर हुनपुगे।
हामी आपसमा लडेर कसलाई फाइदा हुन्छ भनौँ,
कुनिती र कुरितीले हाम्रो चेतना नै बञ्जर हुनपुगे।
कति सुन्दर थियो देश नेपाल मदेश तराई हिमाल,
सङ्घीयताले बिखण्डन् भयो सबै झरझर हुनपुगे।
॥३॥

































